लोसपाका केन्द्रीय उपाध्यक्ष झा अशोक राई नेतृत्वको जसपा प्रवेश « Khabarhub

लोसपाका केन्द्रीय उपाध्यक्ष झा अशोक राई नेतृत्वको जसपा प्रवेश


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय उपाध्यक्षसमेत रहेका पर्सा जिल्ला अध्यक्ष पुरुषोत्तम झासहितका कार्यकर्ताहरू जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । 

वीरगञ्जमा शनिबार आयोजित ‘वृहत् पार्टी प्रवेश’ कार्यक्रममा जसपाका केन्द्रीय अध्यक्ष अशोक राईले झासहितका लोसपाका कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएका हुन् । 

कार्यक्रममा लोसपाका केन्द्रीय उपाध्यक्ष झा, केन्द्रीय सदस्य रेखा कर्ण, उद्योगपति भागमतलाल झा, थारु कल्याणकारिणी समाजका महासचिव विकास चौधरीले पनि जसपा प्रवेश गरेको जसपाका उप–महासचिवसमेत रहेका खानेपानीमन्त्री प्रदीप यादवको सचिवालयले जानकारी दिएको छ । 

कार्यक्रममा लोसपा, जसपा नेपाल, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका गरी पाँच सय बढी नेता–कार्यकर्ताहरू जसपामा प्रवेश गरेको केन्द्रीय सदस्य जनार्दन यादवको दाबी छ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ३ : २९ बजे

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस

मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी

काठमाडौं– मधेस पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ

माओवादी छाडेका रहबर अन्सारी रास्वपातिर

काठमाडौं – नेकपा माओवादी परित्याग गरेका मधेस प्रदेशका पूर्व सांसद