नेपाल-भारत सुरक्षा बैठक : अपराध रोक्न सहकार्य गर्ने सहमति | Khabarhub Khabarhub

नेपाल-भारत सुरक्षा बैठक : अपराध रोक्न सहकार्य गर्ने सहमति


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल–भारत सुरक्षा बैठक सम्पन्न भएको छ । पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा सम्पन्न बैठमा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, सीमा स्तम्भहरुको मर्मत तथा सम्भार, दशगजा क्षेत्रमा हुने अतिक्रमण लगाएतका विषयमा छलफल भएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलवीचको डिआईजी स्तरीय समन्वयात्मक उक्त बैठकमा सिमा रक्षामा सहकार्य गर्ने सहमति भएको छ ।

बसन्तपुरको लुम्बिनी केबलकारको माथिल्लो स्टेसनस्थित कामाख्या मन्दिर परिसरमा भएको बैठकमा सशस्त्र प्रहरी बल, नेपाल नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयले आयोजना गरेको छैटौं समन्वयात्मक बैठकले दशगजा क्षेत्र अतिक्रमण गरी बनाईएका भौतिक संरचनाहरु संयुक्त प्रयासद्वारा हटाउने, दशगजा क्षेत्रको सरसफाइ तथा सौन्दर्यकरण गर्ने निर्णय गरिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पालले जानकारी दिए ।

बैठकले मानव तस्करी, अपहरण, नक्कली मुद्रा, हातहतियार, गोलिगठ्ठा, लागूऔषध तथा प्रतिबन्धित औषधी लगायत अवैध वन्यजन्तु तस्करी नियन्त्रण, गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकहरुको नियन्त्रण तथा रोक लगाउने विषयमा विस्तृत रुपमा छलफल गरी दुई देशका सीमा सुरक्षा निकट बीच समन्वय र सहकार्य बढाउने निर्णय भएको सशस्त्र प्रहरी नायव महानिरीक्षक पालले बताए ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  १० : ४६ बजे

पञ्जाब किङ्स ११ वर्षपछि आईपीएलको फाइनलमा, आरसीबीसँग उपाधि भिडन्त

अहमदावाद-पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो पटक फाइनल

नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा

ललितपुर – नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा

रातो मच्छिन्द्रनाथ दश वर्षपछि मन्दिरमा विराजमान (तस्बिरहरू)

काठमाडाैं । रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आइतबार जावलाखेलस्थित रथबाट रातो

कञ्चनपुरबाठ ट्रकसहित अवैध काठ बरामद

कञ्चनपुर – लालझाडी गाउँपालिका–३ बल्मीबाट प्रहरीले ट्रकसहित १६३ दशमलव ९७

मनसुनजन्य विपद्को पूर्वतयारी चुस्त बनाउन स्थानीय तहलाई सरकारको परिपत्र

काठमाडौं – सरकारले गृह मन्त्रालयबाट जारी भएको मनसुन पूर्वतयारी तथा