अमेरिकी डलर बढ्यो : मंगलबार कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

अमेरिकी डलर बढ्यो : मंगलबार कुन विदेशी मुद्राको विनिमय दर कति ?


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ।

अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ७१ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ ३१ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपियाँ ४० पैसा र बिक्रीदर एक सय ४६ रुपियाँ तीन पैसा निर्धारण गरिएको छ।

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपियाँ ७५ पैसा र बिक्रीदर एक सय ७५ रुपियाँ ५१ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रुपियाँ ९९ पैसा र बिक्रीदर एक सय ५४ रुपियाँ ६६ पैसा तय गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ २३ पैसा र बिक्रीदर ८८ रुपियाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ७३ पैसा र बिक्रीदर ९८ रुपियाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ ४१ पैसा र बिक्रीदर एक सय तीन रुपियाँ ८६ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १४ पैसा र बिक्रीदर नौ रुपियाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १० पैसा र बिक्रीदर १९ रुपियाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९८ पैसा र बिक्रीदर ३७ रुपियाँ १४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ पाँच पैसा र बिक्रीदर ३८ रुपियाँ २२ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १२ पैसा र बिक्रीदर चार रुपियाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ७७ पैसा र बिक्रीदर ३७ रुपियाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ २८ पैसा र बिक्री दर ३१ रुपियाँ ४२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६१ पैसा र बिक्रीदर नौ रुपियाँ ६५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ९६ पैसा र बिक्रीदर १३ रुपियाँ एक पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४९ पैसा र बिक्री दर १९ रुपियाँ ५८ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८३ पैसा र बिक्रीदर १७ रुपियाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपियाँ ४७ पैसा र बिक्रीदर चार सय ५१ रुपियाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६८ रुपियाँ चार पैसा र बिक्रीदर तीन सय ६९ रुपियाँ ६३ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रुपियाँ २८ पैसा र बिक्रीदर तीन सय ६१ रुपियाँ ८३ पैसा निर्धारण भएको छ।

यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंककले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ६ : ३० बजे

इरानले आफ्ना विमान पाकिस्तान र अफगानिस्तानका एयरपोर्टमा लुकाएको खुलासा

तेहरान- पाकिस्तानले अमेरिका-इरान द्वन्द्वको समयमा इरानी सैन्य विमानहरूलाई आफ्नो एयरबेसमा

शुक्लाफाँटामा क्षयरोगीको खोजपडताल गर्न ‘एआई’ को प्रयोग

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ‘एआई’प्रविधिमा आधारित पोर्टेबल एक्स–रे मेसिनमार्फत निःशुल्क

स्कटल्यान्डविरुद्ध सन्दीपको सनसनीपूर्ण बलिङ : लिए चार विकेट

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

२१ औँ ओभरमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

झापा– मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न