सोविता र सुमनाले बोल्न नदिएको भन्दै गरेको प्रचारप्रति सभामुखको असन्तुष्टि « Khabarhub

सोविता र सुमनाले बोल्न नदिएको भन्दै गरेको प्रचारप्रति सभामुखको असन्तुष्टि


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतम र सुमना श्रेष्ठले हाउसमा बोल्न नदिएको भन्दै गरेको प्रचारबाजीप्रति सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन् । सदनको प्रक्रियामा अगाडि बढ्दा बाहिर प्रचारबाजी भएको भन्दै सभामुखले चिन्ता व्यक्त गरेको उनको निजी सचिवालयले जनाएको छ ।

सोविताले माघ २७ गते पारित भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्न माघ २८ गते आकस्मिक समय मागेकी थिइन् । सभामुखले विधेयक पारित भइसकेका आकस्मिक विषय हुन नसक्ने बताएका थिए ।

विधेयक पारित गर्नुअघि नै सभामुखले कानून मन्त्री, उपसभामुख तथा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेको र त्यहीँ भएको सहमति अनुसार नै विधेयक अगाडि बढाएको भने पनि उनले प्रोसेस बिग्रिएको भन्दै बोल्न मागेकी थिइन् । तर, सोविताले बोल्न चाहेको विषय आकस्मिक नहुने भन्दै अरु नै विषय भए राख्न सक्ने सभामुखले भनेका थिए ।

फागुन ५ गतेको बैठक सुरुवातको जनाउ घण्टी बस्न सुरु भएपछि सुमनाले भारतमा नेपाली विद्यार्थी समस्यामा परेको भन्दै समय मागिन् । सभामुख आफ्नो च्याम्बरबाट उठेर बैठक कक्षतिर प्रवेश गरेलगत्तै सुमना आएकी थिइन् । सभामुखले भनेका थिए, ‘जनाउ घण्टी सुरु भएकाले त्यस विषयमा मैले बुझ्न पाइनँ। तपाईंले अगाडि नै विषय जानकारी गराउनुभएको भए पनि हुन्थ्यो। उठाउने विषय हो भने (माननीय अशोक चौधरीतर्फ देखाउँदै) उहाँलाई भन्नुहोला, उहाँले राखे पनि हुन्छ। उहाँले समय लिइसक्नुभएको छ। मैले तपाईंको विषय बुझ्न समय भएन । या त भोलि राख्नुहोला ।’

आकस्मिक विषय उठाउने नै हुँदा उपसभामुखले चेयर गरेको बेला सभामुखलाई विषय बुझाएर राख्न सकिन्थ्यो। त्यो पनि अभ्यास छ। तर, संसदीय प्रक्रियाभन्दा बाहिर गएर, मिडिया, सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजिएको छ। सभामुखले अबका दिन पनि हाम्रा अभ्यास, कानून, नियमावलीको व्यवस्था र दलीय समझदारीलाई नै हेर्ने हो।

सभामुखसँग आकस्मिक समय माग्न बैठक सुरु हुनु आधा घण्टा अगाडि एभरेजमा २० देखि ३० जना सांसद सभामुखको च्याम्बरमा हुन्छन्। तीमध्ये सबैले समय पाउँदैनन्। समय पाउने ८ देखि १० जनाले हो। आकस्मिक समयमा नियमावलीले नै व्यवस्था गरेको भन्दा फरक विषय उठ्ने गरेको भन्दै कार्यव्यवस्थामै पटक पटक आवाज उठ्ने गरेको छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ८ : ५४ बजे

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१