प्रधानमन्त्री ओलीप्रति भीम रावलका १५ टिप्पणी « Khabarhub

प्रधानमन्त्री ओलीप्रति भीम रावलका १५ टिप्पणी


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमालेका पूर्व नेता तथा मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले प्रधानमन्त्री केपी ओली जनताप्रति जिम्मेवार नभएको टिप्पणी गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीका कामकारबाही बारे १५ बुँदा उल्लेख गर्दै उनले ओलीका पछिल्ला काम कुराले के देश र जनताप्रतिको जिम्मेवार चरित्र र प्रवृत्तिलाई देखाउँछन् भन्दै प्रश्न गरेका छन् ।

उनले फौजदारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापको घेरामा रहेकाहरूलाई कारबाही गर्नु त टाढाको कुरा स्पष्टीकरणसम्म पनि नसोध्ने, उल्टै राज्य र पार्टीका महत्वपूर्ण पद र अवसर दिने काम गरेको उल्लेख गरेका छन् ।

रावलले पार्टीका घोषित सिद्धान्त, नीति र कार्यक्रम विपरीत वा अमिल्दा काम र कुरा गरिनु हुन्न भन्ने आशयका साथ आलोचना र टिप्पणी गर्ने तथा राष्ट्रिय हितमा आवाज उठाउनेलाई कारबाही डण्डा चलाउने काम गरेको बताएका छन् ।

डा. रावले ओलीलाई भूमाफिया, दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न अध्यादेश ल्याउने र त्यस्तो अध्यादेशमा सांसदहरूलाई यथोचित छलफल गर्न रोन्ने दुराशयले सङ्क्षिप्त प्रक्रियाद्वारा अध्यादेश पारित गर्ने मन्त्रिपरिषदबाट निर्णय गर्ने काम जनविरोधी भएको दाबी गरेका छन् ।

यस्तै, नेपालको संविधानद्वारा प्रदत्त लेख्ने, बोल्ने र सभा, सङ्गठन गर्न पाउने कुरालाई कुण्ठित गर्ने मनसायले कानून ल्याउने तर राष्ट्रिय एकता, सामाजिक सद्भाव र शिष्टता विपरीतका खुला गतिविधिप्रति आँखा चिम्लिने गरेको रावलको भनाइ छ ।

रावलले पार्टीका जनसङ्गठन, भ्रातृ सङ्गठन तथा विभिन्न स्तरका कमिटीहरूमा चुन्ने र चुनिन पाउने अधिकारको सम्मान गर्नुको साटो आफ्ना अन्धभक्तहरूलाई नेतृत्वमा ल्याउन केन्द्रबाट दबाब दिने काम ओलीबाट हुने गरेको आरोप लगाएका छन्  ।

यस्तो छ १५ बुँदे टिप्पणी–

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १० : ०४ बजे

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।