कुलमानले भने- जलविद्युत कम्पनीको आईपीओ रोक्नु दुखद् | Khabarhub Khabarhub

कुलमानले भने- जलविद्युत कम्पनीको आईपीओ रोक्नु दुखद्


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत आयोजनाको आईपीओ रोकिनु दुखद् भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले आयोजनाको ‘जलविद्युत आयोजना : लगानी, सेयर व्यवस्थापन र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै घिसिङले  सर्वसाधारणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास संभाव भएको बताएका छन् ।  

हाल नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका १२ हजार मेगावाटका आयोजनाको विद्युत् खरिद विक्री सम्झौता (पिपिए) गरेको घिसिङले बताए । 

उनले नेपालको विद्युत् उत्पादन क्षमता ३५ सय मेगावाट पुगे पनि मौसम परिवर्तनले पानीको बहाव घट्दा हिउँदमा  ११ सय मेगावाट हाराहारी मात्रै उत्पादन भइरहेको पनि बताए ।

२८ हजार ५०० मेगावाट विद्युत् पुर्‍याउनकोलागि विद्युत् प्राधिकरण त्यो भन्दा २० प्रतिशत थप पिपिए खोल्ने पक्षमा रहेको घिसिङले बताए । 

हाल पिपिए भएका सबै परियोजना विविध कारणले निर्माणको चरणमा जान नसकेकाले पनि प्राधिकरणले थप पीपीए खोली नहालेको उनको भनाई थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ११ : ५३ बजे

मन्त्री घिसिङद्वारा नयाँ संघीय संसद् भवनको निरीक्षण

काठमाडौं– सहरी विकास, भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले नयाँ संघीय

मनोकामना पूरा हुने विश्वासमा सूर्यदेवको पूजा आराधना गरिने छठ पर्व

काठमाडौं– नदी, छठी माता र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना

छठको लागि सिँगारिए जनकपुरधामका जलाशय (तस्बिरहरु)

जनकपुरधाम– छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा जलाशयहरू सिँगारिएका छन्

उत्तर कोरिया एक प्रकारको आणविक शक्ति हो : ट्रम्प

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उत्तर कोरियालाई ‘एक प्रकारको

सञ्चारमन्त्री खरेलको प्राथमिकता : दूरसञ्चार सेवा विस्तार गर्दै सुशासन प्रवर्द्धन

काठमाडौं– पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा असोज ३१ गते पहिलोपटक