नेपाली विद्यार्थीमाथि ज्यादतीबारे सांसदहरूले भने- सरकारले भारतसँग तत्काल वार्ता गरोस् « Khabarhub

नेपाली विद्यार्थीमाथि ज्यादतीबारे सांसदहरूले भने- सरकारले भारतसँग तत्काल वार्ता गरोस्


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सभा बैठकमा भारतका विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी असुरक्षित भएको विषय उठेको छ ।

मंगलबारको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डस्ट्रिय टेक्नोलोजीमा अध्ययरत बुटवलकी छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युले नेपाली विद्यार्थीहरू असुरक्षित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद रेणु चन्दले भारतका विश्वविद्यालय नेपाली विद्यार्थीका लागि असुरक्षित भएकै हो भनेर प्रश्न उठाएकी छन् । उनले यसबारेमा नेपाल सरकारले तुरुन्त भारतसँग कुरा गर्नुपर्ने बताइन् ।

केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि बर्बर दमन गरिएको भन्दै उनले आक्रोश व्यक्त गरिन् ।

सांसद रुक्मिणी कोइरालाले प्रकृति लम्सालको मृत्यु शंकास्पद देखिएको भन्दै नेपाली विद्यार्थीको उद्दारबारे सरकारले पहल गर्नुपर्ने बताइन् ।

नेपाली युवती स्वदेश र विदेशमा किन यस्तो घटनामा पर्छन् भन्दै उनले असन्तुष्टि जनाइन् । सांसद विष्णुकुमारी सापकोटाले भारतसँग कूटनीतिक वार्ता गरेर सरकारले नेपाली विद्यार्थीको उद्दार गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १२ : ५३ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी