भारतीय कलेजद्वारा २ कर्मचारी बर्खास्त, ३ जना निलम्बित, दोस्रो पटक माग्यो माफी « Khabarhub

नेपाली विद्यार्थीमाथि ज्यादती

भारतीय कलेजद्वारा २ कर्मचारी बर्खास्त, ३ जना निलम्बित, दोस्रो पटक माग्यो माफी


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली विद्यार्थीहरूमाथि भएको ज्यादती र दुर्व्यवहार प्रकरणमा भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी अन्तत: झुक्न बाध्य भएको छ ।

उक्त कलेजले नेपालबाट पढ्न गएका ७ सय भन्दा धेरै विद्यार्थीमाथि अपमानजनक टिप्पणीसहित होस्टेलबाट निकाल्ने काममा संलग्न कर्मचारीमाथि कारबाही थालेको छ । सोमबार नै उक्त प्रकरणमा माफी मागिसकेको कलेजले अन्तत: जनदबाबसामु झुकेर कारबाही थालेको हो ।

रुपन्देही नेपाली छात्रा प्रकृति लम्साल आइबार भएको रहस्यमय र शंकास्पद मृत्युपछि भएको घटनाप्रति विश्वविद्यालयले दुःख व्यक्त गर्दै माफीसमेत मागेको छ । यसअघि सोमबार पनि नेपाली विद्यार्थीलाई होस्टेल फर्किन आग्रहसहित कलेज सञ्चालकले माफी मागेका थिए ।

उक्त प्रकरणमा केआइआइटी प्रशासनले नेपाली विद्यार्थीलाई कुटपिट गर्ने दुईजना सुरक्षाकर्मीलाई बर्खास्त गरिएको जनाएको छ । छात्रावासका दुई वार्डेन र प्रशासनिक अधिकारीलाई निलम्बन गरेर आन्तरिक जॉचबुझ थालिएको कलेजले विज्ञप्तिमार्फत् जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका दुई वरिष्ठ होस्टेल अधिकारीहरू र एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धान नभएसम्म निलम्बन गरिएको कलेजले जनाएको छ ।

क्याम्पस कर्मचारीहरूले विद्यार्थीलाई सकेसम्म चाँडो क्याम्पसमा फर्काउन सक्रिय रूपमा काम गरिरहेको पनि मंगलबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ।

क्याम्पसमा नेपाली विद्यार्थीहरूलाई फर्काउन सहजीकरणका लागि कन्ट्रोल रुम सञ्चालन गरिएको कलेजले जनाएको छ ।

नेपाली विद्यार्थीहरूलाई परेको समस्याका लागि माफी कलेजले मंगलबार पनि माफी मागेको छ। ‘हामी हाम्रा विद्यार्थीहरूको सुरक्षा र हकहितलाई सबैभन्दा बढी प्राथमिकता दिन्छौँ,’ कलेजले भनेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १ : १६ बजे

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

काठमाडौं – चैत १९ देखि २३ सम्म हुन लागेको नवौं

नेप्से परिसूचक २३ अंकले बढ्यो

काठमाडौं– यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज

वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान

वीरगञ्ज– पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनका लागि