भारतमा प्रकृतिको शंकास्पद मृत्यु : काठमाडौंमा विरोध प्रदर्शन (तस्बिरहरू) « Khabarhub

भारतमा प्रकृतिको शंकास्पद मृत्यु : काठमाडौंमा विरोध प्रदर्शन (तस्बिरहरू)


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको ओडिसास्थीत नेपाली विद्यार्थी मृत फेला परेको घटनाको अनुसन्धानको माग गर्दै माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) को छात्रावासमा रहेकी विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनाको छानबिनका लागि कूटनीतिक पहल गर्न माग गर्दै अखिल क्रान्तिकारीले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

उनीहरूले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने, नेपाली विद्यार्थीको सुरक्षा हुनुपर्ने माग समेत राखेका छन् । प्रदर्शनमा सहभागीहरूले प्रकृति लम्साललाई न्याय दे, नेपाली विद्यार्थीहरूमाथि भएको दमन बन्द गर, भारतमा अध्ययनरत विद्यार्थीको रक्षा गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले हजारौँ विद्यार्थीहरू पढ्नका लागि बाहिर जानुपर्ने अवस्था र त्यसमाथि पनि नेपाली विद्यार्थी असुरक्षित हुने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

उनले भारतमा भएको घटनाको छानबिन गर्न र नेपाली विद्यार्थीको सुरक्षाका लागि राज्य र सरोकारवाला निकाय गम्भीर हुनुपर्ने उल्लेख गरे ।  

कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) ले भने घटनालाई गम्भीर रूपमा लिएको जनाउँदै माफी मागेको छ । 

त्यस्तै नेपाली विद्यार्थीलाई अभद्र व्यवहार गर्ने दुई जना सुरक्षा गार्डलाई सेवाबाट हटाइएको र तीन जना निलम्बित भएको कलेजले जनाएको छ । आइतबार राती रुपन्देहीकी २१ वर्षिया लम्साल छात्रावासमा मृत फेला परेकी थिइन् । 

हेर्नुहोस् तस्बिरहरू : 

तस्बिरहरू– नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  २ : १४ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट