सभामुखले बोल्न दिँदा संसद्‍‍मा गयल देखिइन् सुमना श्रेष्ठ « Khabarhub

सभामुखले बोल्न दिँदा संसद्‍‍मा गयल देखिइन् सुमना श्रेष्ठ


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्न नदिएको भन्दै झोंक्किएर बाहिरिएकी उनलाई मंगलबारको बैठकमा बोल्ने समय दिँदा उपस्थित थिइनन् ।

सभामुख देवराज घिमिरेले श्रेष्ठलाई बोल्न समय दिँदा उनी बैठकस्थलमा देखिइनन् ।

एमाले सांसद सुनिता बरालले बोलिसकेपछि सभामुख घिमिरेले सुमनालाई समय दिएका थिए । तर, सुमना देखिइनन् । सभामुखले दायाँबायाँ हेरेर फेरि ‘माननीय सदस्य सुमना श्रेष्ठ’ भनेर दोहोर्‍याउँदा पनि उनी गयल देखिइन् ।

सभामुखले त्सक्रममा तीनपटकसम्म सुमनाको नाम लिए । उनी बैठकमै उपस्थित थिइनन्। त्यसपछि सभामुख घिमिरेले सुशीला श्रीपाली ठकुरीलाई बोल्न दिए ।

सोमबारको बैठकमा सुमनाले भारतको ओडिशास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद रुपमा ज्यान गुमाएकी विद्यार्थी प्रकृति लम्साल र अरु नेपाली विद्यार्थीमाथिको ज्यादतीबारे आकस्मिक समयमा बोल्न मागेकी थिइन्। तर, सभामुख घिमिरेले समय नदिएपछि उनी झोक्किँदै बाहिरिएर संसद् भवन परिसरमा सञ्चारकर्मीसँग बोल्न थालिन् ।

सुमनाले सोबार बोल्ने समय माग्दा सभामुखले, ‘यहाँबाट समय लिएर मात्रै बोल्न पाइन्छ, तपाईं आशन ग्रहण गर्नुस्’ भनेका थिए । तर, सुमनाले नेपाली विद्यार्थीको अन्याय संसद्‌मा उठाउनुपर्ने भन्दै बोल्न पाउनुपर्ने भनेपछि दुईजनाबीच नोकझोंक भयो ।

सभामुखले अनुमति नदिएपछि सुमना संसद् बैठक बहिष्कार गर्दै हिँडेकी थिइन् । तर त्यसपछि फेरि भित्र पसेकी उनले संसद् बैठकमा प्रस्तुत विधेयकमा बोलेकी थिइन् । उनै सुमना आजको बैठकमा गयल देखिइन् ।

उता सभामुख घिमिरेको सचिवालयले सुमनाले संसद्को मर्यादा र नियमावलीविपरीत स्टन्ट गर्न खोजेको भनेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  २ : ५४ बजे

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन

एमालेमा शक्ति सङ्घर्षबीच सुनिता बरालको आग्रह : ‘निर्णयको केन्द्रमा एमाले र यसको भविष्य हुनुपर्छ’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य पदाधिकारीबीच

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक