कलेजबाट निस्क भन्दै नेपाली विद्यार्थीलाई मुख छोड्ने मञ्जुशाले माफी मागिन् « Khabarhub

कलेजबाट निस्क भन्दै नेपाली विद्यार्थीलाई मुख छोड्ने मञ्जुशाले माफी मागिन्


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओडिसास्थित केआईआईटी विश्वविद्यालय भुवनेश्वरमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युपछि अन्य नेपाली विद्यार्थीमाथि मुख छाड्ने एकजना प्राध्यापकले सामाजिक सञ्जालमा आएर माफी मागेकी छन् ।

आफूलाई उक्त कलेजको प्राध्यापक बताउने मञ्जुशा पाण्डेले आफ्नो फेसबुक पेजमार्फत् एक भिडियो हाल्दै माफी मागेकी हुन् ।

उक्त प्रकरणमा भारतीय प्रहरीले छानबिन तीव्र पारेसँगै उनले फेसबुकमा मंगलबार दिउँसो ३२ सेकेन्डको भिडियोमार्फत् माफी मागेकी हुन् ।

उनले सोमबार राति नेपाली विद्यार्थीबारे आफूले गरेको व्यवहार र आपत्तिजनक टिप्पणीलाई लिएर कलेज प्रशासनलाई नजोड्न पनि भनेकी छन् ।

पाण्डेले भनेकी छन्, ‘सोमबार राति कलेजभित्र मबाट नेपाली विद्यार्थीमाथि म बाट भएको व्यवहारप्रति माफी माग्न चहान्छु । नेपाली विद्यार्थीसम्म यो सन्देश पुर्‍याउन यो भिडियो बनाउँदैछ । मेरो उक्त कार्यमा कलेज प्रशासनको कुनै संलग्नता छैन । मेरो उक्त व्यवहारका लागि माफी चाहन्छु ।’

उनीसहित अर्की महिलाले नेपाली विद्यार्थीहरूलाई ‘तुमहारा नेपालका बजेट से बडा हमारे युनिभर्सिटीका बजेट है, तुम लोगको फ्री में बैठाकर खिलारहे है’, भन्दै अपमानजनक गाली गरेका थिए ।

यसअघि केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शव विश्वविद्यालयकै होस्टेलमा शंकास्पद अवस्थामा भेटिएपछि त्यहीँ अध्ययनरत भारतीय युवा २१ वर्षीय अद्विक श्रीवास्तव पक्राउ परेका छन् ।

श्रीवास्तविरुद्ध बीटेक (मेकानिकल) तेस्रो वर्षका विद्यार्थी २४ वर्षीय सिद्धान्त सिग्देलले कम्प्युटर तेस्रो वर्षमा अध्ययनरत बहिनी २० वर्षीया प्रकृति लम्सालको मृत्यु भएको खबर इन्फोसिटी प्रहरी थानामा आइतबार नै दिएका थिए ।

केआईआआईटी विश्वविद्यालयको बीटेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत अद्विक श्रीवास्तवले गरेको दुर्व्यवहारका कारण प्रकृतिले आत्महत्या गरेको उजुरी सिद्धान्तले गरेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ३ : ११ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी