संसद्मा राजेन्द्र लिङदेनले भने- छिमेकीले नेपाललाई हेर्ने दृष्टिकोण तल्लो स्तरको भयो   « Khabarhub

संसद्मा राजेन्द्र लिङदेनले भने- छिमेकीले नेपाललाई हेर्ने दृष्टिकोण तल्लो स्तरको भयो  


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा भएको घटनाका सम्बन्धमा सदनमा जानकारी गराउन सरकारसँग माग गरेको छ । 

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रकृति लम्सालको शङ्कास्पद मृत्युको घटनापछि उत्पन्न परिस्थितिका विषयमा सामाजिक सञ्जालमा नभई परराष्ट्रमन्त्री वा सम्बन्धित निकायले संसद्लाई जानकारी गराउनुपर्ने माग गराएका हुन् ।

उक्त घटनाको कूटनीतिक तवरले अनुसन्धान गर्न उनले बताए । अध्यक्ष लिङ्देनले देशको शैक्षिक वातावरण र भविष्य ठिक नभएकाले लाखौँ विद्यार्थीहरू पढ्नका लागि विदेश जान बाध्य भएकोले सरकारले यस घटनाबाट पाठ सिक्नुपर्ने धारणा राखे ।  

उनले अहिले देशको अवस्था ठिक छैन भन्ने कुरा र छिमेकीहरूले नेपाललाई हेर्ने दृष्टिकोण पनि तल्लो स्तरको छ भन्ने यसबाट प्रमाणित भएको उल्लेख गरे ।  

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ४ : ३२ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर