किसानका उपज आफूखुसी बिक्रीवितरण गर्न पाउनुपर्ने माग « Khabarhub

किसानका उपज आफूखुसी बिक्रीवितरण गर्न पाउनुपर्ने माग


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले कृषकद्वारा उत्पादित कृषि उपज आफूखुसी बिक्रीवितरण गर्न पाउनुपर्ने माग गरेका छन्  । 

प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामप्रकाश चौधरीले तराई मधेशका किसानले सहज रूपमा तरकारीलगायत कृषि उपज बिक्री वितरणमा अवरोध गरिएकामा आपत्ति प्रकट गरे ।
 
नेमकिपाका सांसद प्रेम सुवालले विपीन जोशीको रिहाइका लागि आवश्यक पहल हुन नसकेको र द्वन्द्वग्रस्त देशमा पुनः रोजगारीका लागि पठाउन खोजिएकामा आपत्ति प्रकट गरे ।
 
सांसद गणेश पराजुलीले सुपारी आयातमा देखिएको वेथितीको सत्यतथ्य सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले आन्तरिक खपतका लागि आन्तरिक उत्पादन नै काफी हुने भएपनि अत्याधिक मात्रामा आयातका लागि मार्ग प्रशस्त गरिएकामा उनले आपत्ति प्रकट गरे  ।
 
साध्सद डिकबहादुर लिम्बुले पाथीभरामा केवलकार निर्माणका विषयमा भइरहेको विवादलाई सार्थक पहलमार्फत सार्थक समाधान गर्न माग गरे । उनले सुकुम्बासीको समस्या समाधान गर्न, विकास निर्माणको कामलाई प्रभावकारी बनाउन समेत सरकारको ध्यानाकर्षण गराए । 

सांसद रेखा यादवले भारतमा नेपाली विद्यार्थी मृत्युका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराइन् ।
 

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ६ : २५ बजे

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप