भारतलाई सरकारको चेतावनी- केआईआईटी प्रकरणमा निष्पक्ष छानबिन र कारबाही नभए ओडिसाको एनओसी रोक्छौँ « Khabarhub

भारतलाई सरकारको चेतावनी- केआईआईटी प्रकरणमा निष्पक्ष छानबिन र कारबाही नभए ओडिसाको एनओसी रोक्छौँ


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले भारतको ओडिसा राज्य सरकारलाई नेपाली विद्यार्थीहरूमाथि भएको ज्यादतीपछि उतपन्न समस्याको समाधान गर्न भनेको छ ।

ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा आइतबार नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि उत्पन्न परिस्थितिबारे गम्भीर ध्यानाकर्षण जनाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले न्यायपूर्ण रुपमा समस्याको समाधान गर्न भारतीय पक्षलाई भनेको हो ।

नेपाली विद्यार्थीहरूको समस्या समाधान नगरे ओडिसा राज्यका विश्वविद्यालयमा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) स्थगित गर्ने चेतावनी मन्त्रालयले दिएको छ।

‘केआईआईटी घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिकरूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय/शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रदान गर्ने कार्य स्थगित गर्न सकिने छ’, मन्त्रालयले भनेको छ ।

विद्यार्थीहरूले निर्वाधरूपमा अध्ययन गर्न पाउने अवस्था सुनिश्चित गर्न कूटनीतिक रुपमा परराष्ट्र मन्त्रालयमार्फत निरन्तर पहल गरिरहेको शिक्षाका सहसचिव शिवकुमार सापकोटाले बताएका छन् ।

त्यसका साथै उक्त घटनाबाट प्रभावित विद्यार्थी तथा अभिभावकलाई आकष्मिक सहजीकरण र सहायता तथा भावी दिनमा अन्य विदेशी विश्वविद्यालयमा पनि हुन सक्ने यस्ता घटनाको समाधान गर्न पूर्वयोजनासहित मन्त्रालयको भूमिका अझ प्रभावकारी बनाउन कर्मचारीसहितको सहायता कक्ष स्थापना गरिएको उनले बताए ।

यसैबीच ओडिसा राज्य सरकारले त्यहाँको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालय अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र अन्य सात सय नेपालीमाथि भएको ज्यादतीबारे छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ ।

आइतबार अपरान्ह नेपाली विद्यार्थी प्रकृतिको रहस्यमय र शंकास्पद मृत्युपछि छानबिन माग गर्दै दबाब दिन उत्रिएका सात सय बढी नेपालीलाई कलेजको होस्टेलबाट ज्यादती र कुटपिटसहित निष्कासन प्रकरणमा राज्य सरकारले छानबिन समिति बनाएको हो ।

उक्त विश्वविद्यालयलाई उच्च निगरानीमा राखिएको जनाउँदै ओडिसा राज्य सरकारले उच्चस्तरीय तथ्य खोज समिति बनाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ७ : १० बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट