आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत ५ गते मंगलबार चैत कृष्ण पक्षको चौथी तिथि। सामाजिक कार्य दिवस। मंगल चौथी व्रत। तदनुसार सन् २०२५ मार्च १८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। साथीले सहयोग गर्ने छन्। व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : तीन पटक सोचेर बोल्नुपर्ने समय छ। परिवारसँगको सम्बन्ध सुखमय बन्नेछ। व्यापारमा घाटा हुने भएकाले आज लगानी नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : बोल्दा सचेत बन्नुपर्ने समय छ। सामान्य कुरा भनेको जस्तो लागे पनि त्यो विष बन्ने जोखिम रहेको छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ।

कर्कट : विपक्षीसँग जुनसुकै काममा पनि कडा प्रतिवाद गर्नुपर्ने समय आएको छ। सोचेको काम नबन्दा मन अशान्त बन्नसक्छ। परिवारमा झन्झट आइपर्ने जोखिम छ। साथीभाइसँगको कारोबारमा फाइदा हुनेछ।

सिंह : महत्त्वपूर्ण काम गर्न लाग्दै गर्दा अवरोध सिर्जना हुनेछ। सानो कुराले मन अशान्त बन्ने जोखि छ। एकल भन्दा संयुक्त लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : साथीभाइ र बन्धुसँगको सहकार्यबाट फाइदा हुनेछ। लगानी गर्नुपर्ने भए बन्धुसँग सहकार्य गर्नु उचित हुने दिन छ। साथीको साथले डुब्न लागेको धन प्राप्त हुनेछ। समझदार भएर अगाडि बढेमा सोचेको काम बन्नेछ।

तुला : धेरै मानिसले आज तपाईंको प्रशंसा गर्नेछन्। क्षमताको प्रदर्शन गर्ने दिन छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। घरभित्रबाट भन्दा बाहिरका शुभचिन्तको साथ मिल्नेछ।

वृश्चिक : निर्णय क्षमता बढ्नेछ। तपाईंले सोचेको काम बन्ने योग छ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : आज तपाईंको सञ्चित धन खर्च हुने दिन छ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखम छ। संयुक्त लगानीबाट गरेको व्यापारबाट भने फाइदा हुनेछ। प्रेम सम्बन्धमा तनाव बढ्ने खतरा छ।

मकर : धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। बिहान उठेर पिपलको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ। आज ठुलो लगानी नगर्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध भने सहज बन्नेछ।

कुम्भ : आज तपाईं ठुलो काममा अगाडि नबढ्नु उचित हुनेछ र अग्रजको सुझाव लिएर मात्र कामको सुरुवात गरेमा सफलता मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मीन : आज प्राविधिक विषयमा सफलता मिल्नेछ। जुनसुकै काम गरे पनि प्राविधिक क्षेत्रमा मिहिनेत गर्नुपर्ने समय छ। संकटमा साथीको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ५ : ०९ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच