ट्रम्प र पुटिन वार्ता हुँदै : के के छन् प्रमुख मुद्दा ? « Khabarhub

ट्रम्प र पुटिन वार्ता हुँदै : के के छन् प्रमुख मुद्दा ?

सकारात्मक कुराकानी हुने ट्रम्पको विश्वास


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लाडिमिर पुटिनसँग मंगलबार बहु प्रतीक्षित फोन वार्ता गर्दैछन्। वार्ता हुनु अघि अन्य धेरै ‘कम्पोनेन्ट’ सकारात्मक भएको ट्रम्पले बताएका छन्। उनले ट्रुथ सोसलमा मंगलबार बिहान वार्ता सकारात्मक हुने बताएका हुन्।

उनले प्रत्येक साता दुवै दक्षमा २५०० सेना मारिने क्रमको अन्त्य आवश्यक भएको समेत बताए। यसअघि नै उनले सञ्चारकर्मीसँग शान्ति स्थापना गर्न सकिने कुरामा आशावादी रहेको बताएका थिए।

बेलायत र फ्रान्सले पुटिनले आफू शान्ति पक्षधर रहेको पुष्टि गर्न आवश्यक समय आएको बताए। फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोले भोलोडोमिर जेलेन्स्की युद्ध विरामको पक्षमा रहेकोमा सहना गर्दै पुटिनलाई पनि शान्ति स्थापनाको पक्षमा उभिन चेतावनी दिएका हुन्।

बेलायती विदेश सचिव डेभिड लेमीले रुसले नि शर्त युद्ध विराम गर्ने समय आएको बताए। उनले बेलायत र अन्य निकट शक्तिसँग रुसलाई युद्ध विराममा ल्याउनका लागि कार्ड भएको समेत बताए।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलीन लेभिटले ट्रम्पकै प्रयासमा मात्र युद्ध विराम सम्भव देखिएको प्रतिक्रिया दिइन्।

रुसले सन् २०२२मा नियन्त्रणमा लिएको युरोपको सबै भन्दा ठुलो आणविक भट्टी झम्पोझारियाका बारे छलफल हुनेछ। ट्रम्पले रुसले जमिन कब्जा गर्ने विषयमा वार्ता गरी रहेको तथा आफूले आणविक भट्टीमा हुन सक्ने जोखिमका बारे कुरा गरी रहेको बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन । तस्बिरः एजेन्सी

युक्रेनी राष्ट्रपति जेलेन्सकीले रुसले युद्ध टार्न चाहेको रहेको आरोप लगाए। रुसी राष्ट्रपति पुटिनले आफ्नो कुरारू सूचीबद्ध गरेर मात्र वार्ता गर्ने बताए। युद्ध भइरहेको कस्क क्षेत्रको स्वामित्वको विषय अमेरिका र ट्रम्पको वार्ताको मुख्य विषय हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ६ : ३० बजे

क्रियाशील सदस्यता विवाद अन्त्य गर्न पौडेलको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान