ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु « Khabarhub

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पोखरा–  तनहुँको म्याग्दे गाउँपालिका- ४ ओटाङ्दीस्थित भित्री कच्ची सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

सोमबार साँझ ओटाङ्दीबाट हाईवेतर्फ फर्किँदै गरेको ग १ त ५६८९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिँदा सहचालक म्याग्दे गाउँपालिका- २, जामुनेका ३० वर्षीय सुक बहादुर बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक प्रकाश कुमार श्रेष्ठ भने सकुशल रहेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ७ : ०६ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय