राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै « Khabarhub

राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

कठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

बैठक दिउँसो साढे १ बजे केन्द्रीय कार्यालय सिफलमा बस्ने गरी बोलाइएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमहरूको बारेमा छलफल हुने बताइएको छ । 

बैठकमा हिजो भएको राजतन्त्र पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठनका विषयमा छलफल हुने बर्तौलाले बताए । 

उक्त समितिमा पार्टी अध्यक्ष कमल थापालाई समेत राखिएको छ । तर आफूलाई कुनै जानकारी नै नदिई समितिमा राखिएको भन्दै थापाले आपत्ति जनाएका छन् । बैठकले उक्त समितिलाई स्वीकार गर्ने वा नगर्ने भन्ने बारेमा निर्णय गर्नेछ ।

सोमबार डिल्लीबजारस्थित भोजन गृहमा आयोजित भेलाले राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीको नेतृत्वमा गठित समितिमा दुर्गा प्रसाईँ, डा. प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, रमा सिंह, अस्मिता भण्डारी, पशुपतिशमशेर जबरा, केशरबहादुर विष्ट, हरिबहादुर बस्नेत, राजेन्द्र लिङदेन र कमल थापालाई समेत सदस्यका रुपमा राखिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ८ : ३७ बजे

विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२

डिजेल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेलरमट्टितेको मूल्य बढाएको छ ।

सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी

गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह

रसुवा – रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत

विराटनगर – नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चार जना