राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै « Khabarhub

राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

कठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

बैठक दिउँसो साढे १ बजे केन्द्रीय कार्यालय सिफलमा बस्ने गरी बोलाइएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमहरूको बारेमा छलफल हुने बताइएको छ । 

बैठकमा हिजो भएको राजतन्त्र पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठनका विषयमा छलफल हुने बर्तौलाले बताए । 

उक्त समितिमा पार्टी अध्यक्ष कमल थापालाई समेत राखिएको छ । तर आफूलाई कुनै जानकारी नै नदिई समितिमा राखिएको भन्दै थापाले आपत्ति जनाएका छन् । बैठकले उक्त समितिलाई स्वीकार गर्ने वा नगर्ने भन्ने बारेमा निर्णय गर्नेछ ।

सोमबार डिल्लीबजारस्थित भोजन गृहमा आयोजित भेलाले राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीको नेतृत्वमा गठित समितिमा दुर्गा प्रसाईँ, डा. प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, रमा सिंह, अस्मिता भण्डारी, पशुपतिशमशेर जबरा, केशरबहादुर विष्ट, हरिबहादुर बस्नेत, राजेन्द्र लिङदेन र कमल थापालाई समेत सदस्यका रुपमा राखिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ८ : ३७ बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको