चालू आर्थिक वर्षमा शहरी विकास मन्त्रालयको खर्च १२ अर्ब २४ करोड « Khabarhub

चालू आर्थिक वर्षमा शहरी विकास मन्त्रालयको खर्च १२ अर्ब २४ करोड


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षमा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार रुपैयाँ खर्च गरेको छ ।

मन्त्रालयले मङ्गलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्षको मन्त्रालयको बजेट जम्मा ९१ अर्ब ३५ करोड २३ लाख रुपैयाँ रहेकोमा हालसम्म जम्मा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार अर्थात १७ दशमलव ९३ प्रतिशत खर्च भएको जनाएको हो ।

चालू आर्थिक वर्षको जम्मा ३ हजार ७  सय १६ वटा नयाँ कार्यक्रमहरू मध्ये जम्मा १ हजार ६ सय २३ वटा कार्यक्रमहरूको बोलपत्र आह्वान भइसकेको मन्त्रालयका प्रवक्ता नारायण प्रसाद मैनालीले जानकारी दिए । त्यसैगरी बोलपत्र आह्वान भएका १ हजार ६ सय २३ वटा कार्यक्रम मध्ये १ हजार ९८ वटा कार्यक्रमहरूको ठेक्का सम्झौता भई १२४ वटा कार्यक्रमहरूको निर्माण कार्य सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।

बोलपत्र आह्वान हुन नसकेका बाँकी २ हजार ९३ वटा कार्यक्रमहरू मध्ये २ सय ८८ वटा कार्यक्रमहरू बहुवर्षीय स्वीकृतिको लागि प्रस्तावित गरिएको र ८० वटा कार्यक्रम संशोधनका लागि प्रस्तावित गरिएको प्रवक्ता मैनालीले जानकारी दिए ।

चालू आर्थिक वर्षमा १०० किलोमिटर ग्रामीण कालोपत्रे सडक निर्माण हुने लक्ष्य रहेकोमा हालसम्म झापा, रोल्पा र पर्वत गरी ३ जिल्लामा ८ दशमलव ६ किमी निर्माण भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै ३० वटा स्थानीय सडक पुल निर्माण गर्ने लक्ष्य रहेकोमा ५ वटा सडकपुल निर्माण सम्पन्न भइसकेको र ३३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म १६२ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  १२ : १४ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव