बर्ली एयर कूलर नेपालमा लञ्च « Khabarhub

बर्ली एयर कूलर नेपालमा लञ्च


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको भिवान्ता होटलमा आयोजित कार्यक्रममा प्रमुख व्यापार साझेदार, सञ्चारकर्मीहरू र वितरण सञ्जालका प्रतिनिधिहरू सहभागी थिए ।

कार्यक्रममा उत्पादित वस्तुहरूको अनावरण सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माद्वारा गरियो । कार्यक्रममा बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनहरूको विशेषता र भविष्यमा बर्लीको थप नयाँ उत्पादनहरू पनि नेपालमा प्रस्तुत गर्ने योजनाबारे चर्चा गरे ।

कम्पनीका अनुसार बर्लीका उत्पादनहरू उपयोगमा सरल, सुलभ मूल्यमा उपलब्ध र ग्राहकको लागि उच्च मूल्य प्रदान गर्ने ख्याति राख्दछन् । बर्लीले नेपाली बजारमा प्रवेशसँगै सीजी इलेक्ट्रोनिक्सलाई आफ्नो आधिकारिक वितरकको रूपमा नियुक्त गरेको छ ।  

यो कार्यक्रम बर्लीको गुणस्तर, नवीनता र नेपाल बजारमा कम्पनीको भविष्यको योजनाहरूको प्रतिबद्धतालाई झल्काउने गरी भव्य रूपमा सम्पन्न भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  १ : ४६ बजे

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको