बिक्कीको ‘छावा’ पाँच सय करोड क्लबमा « Khabarhub

बिक्कीको ‘छावा’ पाँच सय करोड क्लबमा


४ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय नायक बिक्की कौशल र नायिका रश्मिका मन्दन्ना अभिनित फिल्म ‘छावा’ मंगलबार ३३ औं दिनमा प्रदर्शनरत छ ।

यो फिल्मले सुरुवादेखि नै दर्शकको राम्रो साथ पाएको छ । यसले प्रदर्शनको पहिलो दिन हिन्दी भाषामा मात्रै ३१ करोड भारु ग्रस कलेक्सन गरेको थियो । प्रदर्शनको ३२ औं दिन यसले हिन्दी भाषामा २ करोड ३५ लाख ग्रस कलेक्सन गरेको थियो ।

भारतीय बक्स अफिस ट्रयाकर स्याकनिल्कका अनुसार यो फिल्म चौथो साताममै पाँच सय करोड क्लबमा प्रवेश गरेको हो ।

पाँचौ सोमबार अर्थात् ३२ दिनमा यस फिल्मले हिन्दी भाषमा मात्रै ५५१ करोड भारु ग्रस कलेक्सन गरेको छ ।

भारतमा फिल्म ५०० करोड क्लबमा प्रवेश गर्नु सुपरहिटको संज्ञा दिइन्छ ।

यो फिल्मको निर्देशक लक्ष्मण उतेकर हुन् । फिल्मको लगानी १३० करोड रहेको बताइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  २ : ५७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर