फर्जी मत खसालिएपछि पाटन क्याम्पसमा अनेरास्ववियु र नेविसंघबीच कुटाकुट « Khabarhub

फर्जी मत खसालिएपछि पाटन क्याम्पसमा अनेरास्ववियु र नेविसंघबीच कुटाकुट


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- फर्जी मतको विवादले पाटन संयुक्त क्याम्पसमा नेपाली कांग्रेसनिकट नेविसंघ र नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूबीच कुटाकुट भएको छ ।

स्ववियु निर्वाचनका लागि फर्जी मतदाताले मतदान गरेको भन्दै विवाद सिर्जना भएपछि मंगलबार दुवै सत्ताधारी संगठनका नेता-कार्यकर्ताबीच कुटाकुट भएको हो ।

एकजना विद्यार्थीको परिचयपत्रमार्फत् सात जनासम्मले मतदान गरेको पाइएपछि अनेरास्ववियुले आपत्ति जनाएको थियो ।

एक सयजना विद्यार्थीले मतदान गरिसकेपछि विवाद भएर मतदान प्रक्रिया रोकिएको थियो । विवाद समाधान गर्न सर्वपक्षीय बैठक बसिरहेका बेला बाहिर नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच कुटाकुट भएको हो ।

निर्वाचनस्थल तनावग्रस्त बनेपछि समितिको बैठक बसिरहेको छ । अनेरास्ववियु लगायतका विद्यार्थी संगठनले मतदान प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन् । उनीहरूले निर्वाचन समितिलाई ज्ञापनपत्र बुझाउँदै मतदान प्रक्रियाबाट बाहिरिएको घोषणा गरे ।

नेविसंघ लगायतका अन्य विद्यार्थी संगठनहरूले हार्ने डर भएपछि अनेरास्ववियुले चुनाव विथोल्न खोजेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ५ : ४८ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको