अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारतको भ्रमण गर्ने « Khabarhub

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारतको भ्रमण गर्ने


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी उपराष्ट्रपति जेडी भान्स र द्वितीय महिला उषा भान्सले भारतको भ्रमण गर्ने भएका छन् । उपराष्ट्रपति भान्स चाँडै भारत जान लागेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

यो उपराष्ट्रपतिका रुपमा भान्सको दोस्रो विदेश भ्रमण हुनेछ । यसअघि भान्सले युरोप भ्रमण गरिसकेका छन् । स्रोतलाई उद्धृत गर्दै अमेरिकी डिजिटल अखबार पोलिटिकोका अनुसार भान्सले भारतमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

भारतीय सामानमाथि भन्सार बढाउने ट्रम्प प्रशासनले चेतावनी दिइरहेका बेला भान्सले भारत भ्रमण गर्न लागेका हुन् ।

यसअघि भान्स र मोदीबीच पेरिसमा भेटवार्ता भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । त्यसैगरी, द्वितीय महिला उषा भान्स भारतीय मूलकी रहेकाले पनि यो भ्रमण विशेष हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ६ : ०६ बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको