लेखा समितिको बैठक निरन्तर राख्न माग « Khabarhub

लेखा समितिको बैठक निरन्तर राख्न माग


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सांसदहरुले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक निरन्तर राख्न माग गरेका छन् । 

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकमा सांसदहरुले समितिमा उपसमितिको प्रतिवेदन र उजुरीका धेरै चाङ हुदा पनि समयमा नै बैठक नबोलाएको भन्दै सभापति ऋषिकेश पोखरेलको भूमिकाप्रति पनि आपत्ति जनाएका छन् । 

समिति सदस्य सांसद रामकृष्ण यादवले समितिको बैठक प्रतिनिधिसभाको शून्य समयजस्तै प्रभावविहिन हुन थालेको बताए । समितिको बैठक पर्वजस्तै पण्डितसँग दिन तोकेर बस्ने देखिएको भन्दै उनले आपत्ति जनाए । सभापति पोखरेलले एजेण्डामा केन्द्रीत हुन आग्रह गरेपछि सांसद यादवले जहिले पनि बीचैमा रोक्ने काम उचित नभएको बताए । सभापति पोखरेलले भने क्यालेन्डर अनुसार नै समितिको बैठक बसेको जिकिर गरे ।

त्यस्तै सांसद प्रेमबहादुर आलेले सांसद यादवको भनाइप्रति समर्थन जनाउदै ११४ वटा उजुरी हुँदा पनि महिनामा एक पटकमात्रै बैठक बस्नु उचित नभएको बताए । राज्यको सम्पत्ति दुरुपयोग भएको विषयमा लेखा समितिले निष्पक्ष र प्रभावकारी ढङ्गले छानबिन गर्न सक्नुपर्ने उनले बताए । उनले डेडिकेटेट र ट्रङ्कलाइनको महशुल बक्यौता उठाउनुपर्ने निर्णय गर्दा सभापतिले नै त्यसलाई रोकेको आरोप लगाए। उनले डेडिकेटेट र ट्रङ्कलाइनको महशुल बक्यौता उठाउनका लागि निर्देशन दिन माग गरे ।

त्यस्तै सांसद मनिष झाले समितिका बैठक नियमित बस्नुपर्ने र समितिबाट भएका निर्देशनको कार्यान्वयनको अवस्था बुझ्नुपर्ने बताए । उनले सिमेन्ट र फलामे डण्डीको मूल्यवृद्धि बारे समितिले दिएको निर्देशन कार्यान्वयन नहुँदा फेरी समितिमा उजुरी आएको जिकिर गरे ।

त्यस्तै अन्य सांसदहरुले समितिमा प्राप्त उजुरीहरुलाई प्राथमिकताका आधारमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ६ : १० बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको