चाँगुनारायण क्षेत्रभित्र ऊर्जामैत्री भवन निर्माण गर्न आग्रह « Khabarhub

चाँगुनारायण क्षेत्रभित्र ऊर्जामैत्री भवन निर्माण गर्न आग्रह


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाभित्र ऊर्जामैत्री भवन निर्माणको व्यवस्था कार्यान्वयनका लागि आग्रह गरेका छन् ।

नगरपालिकाले बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (बिन)सँगको सहकार्यमा यहाँ आयोजित लघु, साना तथा मध्यम उद्यमीका लागि ऊर्जा प्रभावकारी भवन ‘डिजाइन’ सम्बन्धी तीनदिने तालिमको आज उद्घाटन गर्दै उनले ऊर्जामैत्री भवन निर्माण गर्न नागरिकलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

चाँगुनारायण नगरपालिका ऊर्जा प्रभावकारी भवन निर्माणसम्बन्धी कार्यविधि तयार गरी स्वीकृत गर्ने उपत्यकामा दोस्रो पालिका हो । ऊर्जा बचतको उद्देश्यले नगरपालिकाले आफ्नो पालिका क्षेत्रभित्र व्यापारिक, सामुदायिक तथा आवासीय भवन निर्माण गर्दा ऊर्जामैत्री हुनुपर्ने व्यवस्था लागू गरेको उनले बताए ।

नगरप्रमुख खत्रीले चाँगुनारायण नगरपालिका नयाँ सहरका रूपमा परिणत हुँदै गरेको अवस्थामा सहरलाई बस्न योग्य र ऊर्जामैत्री बनाउने अभियानमा सहयोग गर्न आग्रह गरे । उनले भने,

“नगरपालिकाले ऊर्जामैत्री भवन निर्माणका लागि कार्यविधि पास गरेर कार्यान्वयनको चरणमा छौँ । घर वा भवनको नक्सा बनाउँदा नै प्राविधिकले ऊर्जामैत्री भवन निर्माणले पुर्याउने फाइदाबारे नागरिकलाई परामर्श दिन आवश्यक छ । यसले हाम्रो अभियानमा सहयोग पुग्नेछ ।”

कार्यक्रममा बिनका अध्यक्ष सुदेश प्रजापतिले ऊर्जामैत्री भवन निर्माण ऊर्जा बचतसँगै स्वास्थ्य र वातावरणमैत्री हुने बताए । उनले यस प्रविधिको भवनले कुल ऊर्जा खपतको करिब ६० प्रतिशत वातानुकूलन (ताप वा शीतल) हुने भन्दै नेपालमा यस्ता १० वटा विद्यालय भवन निर्माण भइसकेको र आवासीय भवन निर्माण हुनेक्रममा रहेका बताए ।

चाँगुनारायण नगरपालिकाका बस्ती तथा भवन निर्माण शाखा प्रमुख कृष्णभरोसा बस्नेतले सन् २०४५ सम्म हरितगृह ग्यास उत्सर्जनलाई शून्यमा पु¥याउन सरकारले जनाएको प्रतिबद्धता र सन् २०३० सम्म इँटा तथा सिमेन्ट उद्योगहरूमा कोइलाको खपत र वायु प्रदूषण घटाउनेलगायत अभियानमा नगरको योजनाले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले तालिमले ऊर्जा प्रभावकारी भवन निर्माणमा दक्षता हासिल हुने बताए।

कार्यक्रममा नगरपालिकाका प्रशासन शाखा प्रमुख सुरज पौडेलले नगरपालिका १० हजार स्क्वायर फिटभन्दा माथिको भवन निर्माणमा अनिवार्य ऊर्जामैत्री हुनुपर्ने व्यवस्था भएको जानकारी दिँदै अन्य भवन निर्माण गर्दा पनि नगरपालिकाले ऊर्जामैत्री प्राविधिक र परामर्श सहयोग गर्ने बताए ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ९ : ०९ बजे

सांसदहरूको माग : सुकुमवासी समस्या समाधान र गणेश नेपाली घटनाको निष्पक्ष छानबिन

 काठमाडौं- प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीको समस्या तत्काल समाधान गरी उचित व्यवस्थापन गर्न

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिने सांसदहरूले समसामयिक र

पूर्वअमिरको निधनमा शोक समवेदना व्यक्त गर्न उपराष्ट्रपति कतार जाँदै, राष्ट्रपतिलाई गराए जानकारी

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरेका

पाकिस्तानमा भारी वर्षा : घर भत्किँदा नौ जनाको मृत्यु, १४ घाइते

इस्लामाबाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तस्थित कोहाट जिल्लामा सोमबार परेको अविरल

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं– विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल गर्नुपर्नेमा