आगलागीबाट तीन घर जलेर नष्ट, एक करोड २५ लाख बराबर क्षति | Khabarhub Khabarhub

आगलागीबाट तीन घर जलेर नष्ट, एक करोड २५ लाख बराबर क्षति


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारस्थित कल्याण चोकमा आज अपराह्न आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ भने एक करोड २५ लाख बराबरको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार दिनको ३ बजे स्थानीय शरण राईको घरमा विद्युत् सट भई आगलागी सुरू भएको हो । राईको घरको आगो छिमेकी सवर्धन राईको घर र अर्का कालुमान राईको घरमा सल्केपछि आगलागी हुँदा तीन घर जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

आगलागीका कारण दुई घर भित्रका सम्पूर्ण सामग्रीहरू जलेर नष्ट भएको अर्का एकघरको सामान भने केही निकाल्न सफल भएको प्रहरीले बताएको ।

आगलागी सुरू हुनासाथ चौदण्डीगढी नगरपालिकाको दमकलले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि पर्याप्त नभएपछि छिमेकी रौतामाई गाउँपालिका र छिमेकी सप्तरीको कञ्चनपुर नगरपालिकाकोसमेत दमकल झिकाएपछि तीन दमकलको सहयोग, सशस्त्र प्रहरी, इलाका प्रहरी बेल्टार र स्थानीयवासीले आगो नियन्त्रणको भूमिका खेलेको प्रहरीले जनाएको छ ।

करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएका कारण अन्य छिमेकी घरहरू र टोलहरू सुरक्षित रहन पुगेको पनि इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख बविन राईले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  १० : ०२ बजे

एकीकृत समाजवादीको सचिवालय बैठकले के–के गर्‍यो निर्णय ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले वामदेव गौतमलाई

रवि लामिछानेको मुद्दा न्यायिक कि राजनीतिक ?

काठमाडौं– पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति

टप एन्ड टी–२० सिरिज: नेपाल ४२ रनले पराजित

काठमाडौं – अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल घरेलु

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान