आगलागीबाट तीन घर जलेर नष्ट, एक करोड २५ लाख बराबर क्षति « Khabarhub

आगलागीबाट तीन घर जलेर नष्ट, एक करोड २५ लाख बराबर क्षति


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारस्थित कल्याण चोकमा आज अपराह्न आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ भने एक करोड २५ लाख बराबरको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार दिनको ३ बजे स्थानीय शरण राईको घरमा विद्युत् सट भई आगलागी सुरू भएको हो । राईको घरको आगो छिमेकी सवर्धन राईको घर र अर्का कालुमान राईको घरमा सल्केपछि आगलागी हुँदा तीन घर जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

आगलागीका कारण दुई घर भित्रका सम्पूर्ण सामग्रीहरू जलेर नष्ट भएको अर्का एकघरको सामान भने केही निकाल्न सफल भएको प्रहरीले बताएको ।

आगलागी सुरू हुनासाथ चौदण्डीगढी नगरपालिकाको दमकलले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि पर्याप्त नभएपछि छिमेकी रौतामाई गाउँपालिका र छिमेकी सप्तरीको कञ्चनपुर नगरपालिकाकोसमेत दमकल झिकाएपछि तीन दमकलको सहयोग, सशस्त्र प्रहरी, इलाका प्रहरी बेल्टार र स्थानीयवासीले आगो नियन्त्रणको भूमिका खेलेको प्रहरीले जनाएको छ ।

करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएका कारण अन्य छिमेकी घरहरू र टोलहरू सुरक्षित रहन पुगेको पनि इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख बविन राईले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  १० : ०२ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले