शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध « Khabarhub

शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षक महासंघले दुई सातादेखि काठमाडौंमा गर्दै आएको प्रदर्शनलाई शुक्रबार पनि निरन्तरता दिने भएको छ।महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले दिउँसो १२ बजे माइतीघरमा भेला भएर शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अनुरोध गरेका छन्।

बिहीबारको सहभागिता उत्साहजनक रहेको भन्दै उनले यसले आन्दोलनका लागि थप ऊर्जा मिलेको बताए। उनले शिक्षक आन्दोलनलाई उग्रता र भड्काउबाट बचाउनुपर्नेमा जोड दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘हामी विजयोन्मुख छौं। यो घडीमा हामीले झन् अनुशाासित, मर्यादित र संयमित हुनु जरुरी छ। आन्दोलन उग्रतामा परिणत भयो भने त्यसले सबभन्दा पहिले आन्दोलनलाई नै खान्छ।’

उनले सबैलाई आन्दोलनमा जुट्न आह्वानसमेत गरेका छन्। ‘हामी चार लाख शिक्षक-कर्मचारी र हामीले उठाउने आन्दोलन मात्र हाम्रो हो। यो सत्यलाई मनन गरौं। त्यसैले अनुशासित, संयमित र मर्यादित भएर आन्दोलनमा जुटौं’, उनले थप लेखेका छन्। शिक्षक आन्दोलनले काठमाडौंको माइतीघर बानेश्वर सडकखण्ड दिनभर अस्तव्यस्त हुँदै आएको छ।

उनले केही दिन धैर्यता गरेमो उपलब्धि प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। ‘अरु केही दिन धैर्य र मर्यादित भएर लागौं। हाम्रो विजय सुनिश्चित छ’, उनले भनेका छन्।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : ०४ बजे

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि