सगरमाथामा नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धा « Khabarhub

सगरमाथामा नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धा


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा, होडबाजी र कीर्तिमानका चाङ लागिरहेका छन् । सगरमाथा आरोहण आफैँमा जोखिम र संवेदनशील यात्रा हो । आरोहणका क्रममा कतिपय आरोहीले ज्यान नै दाउ लाउनुपर्छ । जोखिमपूर्ण यात्रा भए पनि सगरमाथामा नयाँनयाँ कीर्तिमान बनाउने बढिरहेका छन् ।

तीसपटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाउने कामीरिता शेर्पादेखि एकै सिजनमा तीनपटक सगरमाथा चढेर कीर्तिमान कायम गर्ने फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, दुवै खुट्टा गुमाएका हरिबहादुर बुढासहित विभिन्न कीर्तिमान बनाउनेको सङ्ख्या लामै छ । हिउँचितुवाको उपनामले चर्चित स्वर्गीय आङ्रिता शेर्पाले बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए । केही आरोहीले सबैभन्दा छोटो समयमा, सानो उमेरमा सगरमाथा चढेर नयाँ ‘रेकर्ड’ बनाएका छन् भने बिनाअक्सिजन आरोहण गरेर पनि विभिन्न कीर्तिमान कायम गरेका छन् ।

यसै सन्दर्भमा सगरमाथा आरोही टासी ग्याल्जेन शेर्पा २० दिनमा चारपटक सगरमाथा चढेर नयाँ कीर्तिमान बनाउने उद्देश्यले आरोहणमा निस्केका छन्।

‘बीस दिनभित्र चारपटक सगरमाथा चढेर विश्व कीर्तिमान बनाउने मेरो उद्देश्य छ’, उनले भने । सन् २०१७ देखि आरोहणमा लाग्नुभएका शेर्पाले सगरमाथा चारपटक आरोहण गरिसकेका छन् । आमादब्लम, चोयु, मकालु तथा चीनको सिसापाङ्मा हिमाल पनि चढेका छन् ।

सोलुखुम्बु खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का २८ वर्षीय टासीले सुरुमा सगरमाथा आरोहण, दोस्रोपटक आमादब्लम आरोहण गरे । उनका बुबाले सगरमाथा आरोहण गरेका थिए । बुबाकै प्रेरणाले आरोहणमा नयाँ रेकर्ड बनाउन लागेको उनले बताए। दावाफुञ्जु शेर्पाले आठ दिनमा तीनपटक सगरमाथामा चढेर कीर्तिमान बनाएका थिए ।

एटके एक्सपीडिसन कम्पनीमार्फत सगरमाथा आरोहणको नयाँ कीर्तिमान बनाउन त्यसतर्फ लागेको उनले बताए। टासीले सेभेनसमिट ट्रेक्स र फर्टिन पिक कम्पनीमा व्यावसायिक गाइडका रूपमा काम गरेका छन्  । परिवारमा बुबा, श्रीमती एक छोरा एक छोरी छन् । टासीले सगरमाथाको चारपटक सफल आरोहण गरिसकेका छन् ।

सिनियर आरोहीले सगरमाथामा राखेको रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गर्नेगरी आरोहण यात्रामा लागेको उनले उल्लेख गरे। नेपाललाई तेन्जिङ नोर्गे, आप्पा शेर्पा, बाबुछिरी, कामीरितालगायत कीर्तिमानी शेर्पाले विश्वभर परिचित गराएका छन् । आफूमा पनि उहाँहरूले जस्तै सगरमाथामा रेकर्ड राख्ने उद्देश्य रहेको उनले बताए। 

टासीले सगरमाथाको रेकर्डपछि नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने अभियानमा केन्द्रित हुने विश्वास व्यक्त गरे । आफ्नो सगरमाथा यात्राका क्रममा भारत, चीन, अमेरिकालगायत विभिन्न मुलुकका नागरिकलाई चुचुरोमा पुर्याएको अनुभव सुनाउने टासीले आगामी दिनमा सात महादेशका अग्ला हिमाल चढ्ने योजना बनाएका छन् ।
 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ९ : ५३ बजे

नियमित महाधिवेशन अनिश्चित बनेपछि विशेष महाधिवेशनका लागि कांग्रेस नेतृत्वलाई दबाब

काठमाडौं- प्रमुख दल नेपाली कांग्रेसमा आगामी पुस २६ गतेदेखि पन्ध्रौँ

आमा भन्छिन्- बेलुका भएपछि छोरो घर आउला जस्तो लाग्छ

काठमाडौं– बिहान घरबाट ‘मेनपावर’ जान्छु भनेर हिँडेको छोरो बेलुका यो संसारमा

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्