व्यापारीलाई धम्क्याएर रकम असुलेको आरोपमा पत्रकार पक्राउ  « Khabarhub

व्यापारीलाई धम्क्याएर रकम असुलेको आरोपमा पत्रकार पक्राउ 


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

बारा– बारामा व्यवसायीलाई पत्रकारिताको आडमा धाकधम्की दिई रकम असुल गरेको आरोपमा एक पत्रकारलाई बारा प्रहरीले पक्राउ गरेको छ । 

पत्रकारिताको नाममा व्यापारीलाई धाकधम्की दिई रकम असुली गर्ने गरेको सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१० ४५ वर्षीय विष्णु सर्राफलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

‘विष्णु सर्राफले पत्रकार हुँ भन्दै पत्रकारिताको आडमा धाकधम्की दिई रकम असुल गर्नेजस्ता कार्य भइरहेको सूचनाका आधारमा बिहीबार बाराको प्रसौनी गाउँपालिका–३ गण्डक चोकबाट पक्राउ गरिएको हो,’ बारा प्रहरी प्रवक्ता पण्डितले भने । उनका अनुसार सो बारेमा थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रहरीले आरोपित पक्राउ गरेता पनि हालसम्म आरोपित व्यक्तिले रकम लिएको आधार भने भेटाएको छैन ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १० : २० बजे

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि