सान्भि इनर्जीको आईपीओ निष्काशन « Khabarhub

सान्भि इनर्जीको आईपीओ निष्काशन


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सान्भि इनर्जी लिमिटेडले शुक्रबार (आज)बाट सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ । 

कम्पनीले पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र आयोजना प्रभावित बासिन्दालाई आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले आफ्नो चुक्ता पुँजीको ४७.०७ प्रतिशत अर्थात् ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता शेयर १०० रुपैयाँका दरले आईपीओ निष्कासनको अनुमति पाएको थियो । 

जसमध्ये १० प्रतिशत अर्थात् ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता शेयर इलाम नगरपालिका–१०, माईजोगमाई गाउँपालि–१, ३ र ४, सूर्योदय नगरपालिका-१० र ११ का आयोजना प्रभावित बासिन्दाको लागि आईपीओ खुल्ने छ ।

आयोजना प्रभावितका लागि शुक्रबार देखि जेठ ३ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले जारी पुँजीको ३३.०७ प्रतिशत अर्थात् २९ करोड १० लाख रुपैयाँ बराबरको २९ लाख १० हजार कित्ता शेयर सर्वसाधारणको लागि प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने भएको छ । 

सर्वसाधारणलाई जारी गर्ने शेयर मध्ये श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि १० प्रतिशत अर्थात् २ लाख ९१ हजार कित्ता शेयर निष्कासन गर्ने भएको छ । उक्त शेयर शुक्रबार ९वैशाख ५ गते० देखि वैशाख १५ गतेसम्म आवेदन दिन सकिने छ । 

आयोजना प्रभावित बासिन्दा र वैदेशिक रोजगारीमा गएका व्यक्तिलाई बाँडफाँड गरिसकेपछि कम्पनीले अनि सर्वसाधारणको लागि बिक्री खुल्ला गर्ने भएको छ । 

हाल कम्पनीको जारी पुँजी ८८ करोड रुपैयाँ रहेको छ । कम्पनीको बिक्री प्रबन्धक र धितो पत्र निष्कासन नेपाल एसबीआई मर्चेण्ड बैंकले गर्ने छ । 

कम्पनीले इलामको जोगमाई खोला साना जलविद्युत आयोजना ७.६ मेगावाट र जोगमाई क्यासकेड जलविद्युत आयोजना ५.२ मेगावाट जडित क्षमताका दुवै आयोजनाहरू निर्माणाधीन हरको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १० : ३९ बजे

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि