ताप्लेजुङको तापेथोकमा कञ्चनजङ्घा पार्क निर्माण हुने « Khabarhub

ताप्लेजुङको तापेथोकमा कञ्चनजङ्घा पार्क निर्माण हुने


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– कञ्चनजङ्घा संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोकमा ‘कञ्चनजङ्घा पार्क सेन्टर’ निर्माण हुने भएको छ । 

पर्यटन प्रवद्र्धनलाई लक्ष्यित गरी निर्माण हुन लागेको उक्त पार्कको शुक्रबार एक विशेष समारोहका बीच हिमालयन ट्रष्ट युकेका अध्यक्ष ग्राम रिग्ली र डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि घनश्याम गुरुङले संयुक्त रूपमा शिलान्यास गरे।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुका अनुसार पार्क सेन्टरभित्र आधुनिक सुविधासम्पन्न पर्यटन सूचना केन्द्र, तालिम केन्द्र, सभाहल तथा आगन्तुकको विवरण सङ्कलन गर्ने कार्यालय स्थापना हुनेछन् ।

‘अब निर्माण हुने संरचनाले कञ्चनजङ्घा संरक्षण क्षेत्रको व्यवस्थापन प्रभावकारी हुनका साथै स्वदेशी तथा विदेशी पर्यटकका लागि आवश्यक सेवा र जानकारी उपलब्ध गराउ सहज हुनेछ’, उनले पार्क निर्माणका लागि आर्थिक स्रोत व्यवस्थापनका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गरिने जानकारी दिँदै अध्यक्ष फेम्बुले भने। 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ११ : २७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना