सुकुम्बासीको समस्या समाधानका लागि प्रतिबद्धता छौँ :  प्रचण्ड « Khabarhub

सुकुम्बासीको समस्या समाधानका लागि प्रतिबद्धता छौँ :  प्रचण्ड


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि प्रतिबद्धता दोहोर्‍याएका छन् ।   

कपिलवस्तुको तौलिहवामा शुक्रबार आयोजित पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा उनले समस्या समाधानमा पार्टीको प्रतिबद्धता दोहोर्‍याएका हुन् । 

अध्यक्ष प्रचण्डले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान र मिटरब्याज पीडितको मुद्दालाई पार्टी सरकारमा हुँदा प्राथमिकतामा राखेर काम गरेको पनि स्मरण गराए । 

‘वषौंँदेखि पछाडि पारिएका नागरिकका भावना र समस्यालाई बुझेर माओवादी केन्द्रले काम गर्दै आएको छ,’ प्रचण्डले भने, ‘अब तपाईँहरू हाम्रो साथ दिनुहोस्, माओवादीले समृद्ध तराई निर्माण गर्छ ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले सयौँ नवप्रवेशीलाई पार्टीमा स्वागत गर्नुका साथै राजनीतिक प्रशिक्षणसमेत दिएको उनको सचिवालयले जनाएको छ ।

‘उहाँले देशको वर्तमान अवस्था, पार्टीको नीति र भावी योजनाबारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो,’ सचिवालयले भनेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  २ : २७ बजे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई