तीनकुने घटनापछि पक्राउ राप्रपा महामन्त्री जबरा रिहा हुँदै « Khabarhub

तीनकुने घटनापछि पक्राउ राप्रपा महामन्त्री जबरा रिहा हुँदै


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबरालाई रिहा गर्ने निर्णय गरेको छ ।

सरकारले उपचारका लागि भन्दै जबरालाई रिहा गर्ने निर्णय गरेको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

काठमाडौंको तीनकुनेमा २ जनाको ज्यान जाने गरी गत चैत १५ गते भएको राजावादीको प्रदर्शनपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर जबरासहित पक्राउ परेका थिए ।

आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा उनीहरूलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको थियो । केएमसी अस्पतालबाट घाइते भेटेर फर्कने क्रममा उनीहरूलाई पक्राउ गरेर दुई पटक म्याद लिइएको थियो । पहिले ५ दिन र त्यसपछि थप १५ दिनको म्याद प्रहरीले काठमाडौं जिल्ला अदालतबाट लिएको थियो ।

चैत १५ गते राजावादीलेहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने भने पनि आन्दोलन हिसात्मक बनेको थियो । आन्दोलनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । यो घटनामा २० जनालाई गोली लागेको थियो ।

प्रदर्शनकारीहरूले विभिन्न स्थानमा तोडफोड गर्नुका साथै लुटपाट र आगजनीसमेत गरेका थिए । राजावादीहरू अराजक बनेपछि काठमाडौंका तीनकुने आसपासको क्षेत्रमा चैत १६ गते बिहान ७ बजेसम्म कर्फ्य जारी गरिएको थियो ।

प्रतिनिधिसभाका सांसद धवलशमशेर जबरसाहितलाई पछिल्लो पटक चैत २६ गते थप १५ दिन हिरासतमा राख्ने अनुमति अदालतले दिएको थियो । मिश्र र महामन्त्री राणालगायतलाई राज्यविरुद्ध अभियोगमा मुद्दा चलाउने तयारी गरिएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  २ : ३९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५