तीनकुने घटनापछि पक्राउ राप्रपा महामन्त्री जबरा रिहा हुँदै | Khabarhub Khabarhub

तीनकुने घटनापछि पक्राउ राप्रपा महामन्त्री जबरा रिहा हुँदै


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबरालाई रिहा गर्ने निर्णय गरेको छ ।

सरकारले उपचारका लागि भन्दै जबरालाई रिहा गर्ने निर्णय गरेको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

काठमाडौंको तीनकुनेमा २ जनाको ज्यान जाने गरी गत चैत १५ गते भएको राजावादीको प्रदर्शनपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर जबरासहित पक्राउ परेका थिए ।

आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा उनीहरूलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको थियो । केएमसी अस्पतालबाट घाइते भेटेर फर्कने क्रममा उनीहरूलाई पक्राउ गरेर दुई पटक म्याद लिइएको थियो । पहिले ५ दिन र त्यसपछि थप १५ दिनको म्याद प्रहरीले काठमाडौं जिल्ला अदालतबाट लिएको थियो ।

चैत १५ गते राजावादीलेहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने भने पनि आन्दोलन हिसात्मक बनेको थियो । आन्दोलनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । यो घटनामा २० जनालाई गोली लागेको थियो ।

प्रदर्शनकारीहरूले विभिन्न स्थानमा तोडफोड गर्नुका साथै लुटपाट र आगजनीसमेत गरेका थिए । राजावादीहरू अराजक बनेपछि काठमाडौंका तीनकुने आसपासको क्षेत्रमा चैत १६ गते बिहान ७ बजेसम्म कर्फ्य जारी गरिएको थियो ।

प्रतिनिधिसभाका सांसद धवलशमशेर जबरसाहितलाई पछिल्लो पटक चैत २६ गते थप १५ दिन हिरासतमा राख्ने अनुमति अदालतले दिएको थियो । मिश्र र महामन्त्री राणालगायतलाई राज्यविरुद्ध अभियोगमा मुद्दा चलाउने तयारी गरिएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  २ : ३९ बजे

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने