शनिबार कर्णालीका यी स्थानमा विद्युत् आपूर्ति नहुने « Khabarhub

शनिबार कर्णालीका यी स्थानमा विद्युत् आपूर्ति नहुने


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– शनिबारका दिन भोली कर्णालीका धेरै विद्युत् आपूर्ति केही समय अवरुद्ध हुने भएका छन् । नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्र निर्देशनालय कर्णाली प्रादेशिक कार्यालयका अनुसार लाइन पेट्रोलिंग तथा (बुस कटिङ्ङ्ग) गर्ने काम गर्ने भएकाले केही समय अवरुद्ध हुने जनाएको छ ।   

सुर्खेत वितरण केन्द्र अन्तर्गत कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन वरपर रहेका रुखका हाँगाबिगाहरु हटाउनु साथै लाइन पेट्रोलिंग तथा (बुस कटिङ्ङ्ग) गर्नुपर्ने भएकोले प्रसारण लाइन सट डाउन हुने जनाएको छ । 

कर्णालीका १० जिल्लामध्ये सुर्खेत, मुगु, कालिकोट, जुम्ला, दैलेख र जाजरकोटमा कोहलपुर–सुर्खेतको ३३ केभी लाइन जडान गरिएका कारणले विद्युत् सेवा अवरुद्ध हुनेछन् ।  

त्यस्तै, रामघाट सवस्टेशन अन्तर्गत छिन्चु, रामघाट, दशरथपुर, जहने, बोटेचौर, सल्ली बजार सम्मको एरिया बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म बन्द रहने कर्णाली प्रदेश कार्यालयले जनाएको छ ।  

बुदबुदी सवस्टेशनअन्तर्गत एर्पोट चोक, मंगलगड़ी, खजुरा, कालिन्चोक, ईत्राम, चनौटे करेखोला हुँदै पावरहाउससम्मको क्षेत्रमा बिहान ९ः०० बजेदेखि मध्यान्ह १२ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ ।  

तातापानी फिडर अन्तर्गत एर्पोट, एकान्तनगर, मंगलगढ, एरिचोक, वीरेन्द्रचोक हुँदै गणेशचकसम्मको क्षेत्र बिहान ९ः०० बजेदेखि मध्यान्ह १२ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ ।  

बुलबुले फिडर अन्तर्गत बुदबुदी, लाटीकोईली, मंगलगढ़ी, रेडियो नेपाल, फलाटे हुँदै रानीघाटसम्मको क्षेत्र मध्यान्ह १२ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द रहने जनाएको छ ।  

पिपिरा फिडर अन्तर्गत पिपिरा चौक, सानो सुर्खेत, अलायचौर, चनौटे हुँदै बड्डीचौर सम्मको क्षेत्र मध्यान्ह १२ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ । 

मटेला सवस्टेशन अन्तर्गत कान्छी बजार, निगालपानी, धरमपोखरासम्मको क्षेत्र बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  २ : ५१ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर