प्रेमलाई विवाहमा परिणत गरिन् नीतिले « Khabarhub

प्रेमलाई विवाहमा परिणत गरिन् नीतिले


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका तथा मोडल नीति शाहले विवाह गरेकी छन् । उनले शुक्रबार जिल्ला अदालत काठमाडौंमा यचित राणासँग कानुनी विवाह गरेकी हुन् ।

दुई वर्षभन्दा बढी समयदेखि नीति र यचित प्रेम सम्बन्धमा थिए । उनीहरुको प्रेमको गसिप गत वैशाखमा सार्वजनिक भएको हो । याचित पेसाले एरोस्पेस इन्जिनियर हुन् ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार उनीहरूलाई आजै ‘कोर्ट म्यारिज’को प्रमाण पत्र प्रदान गरिएको छ ।

नीतिले आफ्नो विवाह जानकारी सार्वजनिकरुपमा दिएकी छैनन् । खबरहबले विवाहबारे सोध्दा नीतिले जवाफ दिन इन्कार गरिन् ।

नीति ‘मिस नेपाल इन्टरनेशनल २०१७’ को विजेता हुन् । उनले गत वर्ष प्रदर्शनमा आएको ‘खजुरे ब्रो’बाट फिल्ममा डेब्यू गरेकी थिइन् । उनको अभिनय रहेको फिल्म ‘नरसिंहा : अभतार’ जेठ ९ मा प्रदर्शनमा आउँदैछ ।

नीति र उनका श्रीमान् याचित

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ३ : २० बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको