प्रेमलाई विवाहमा परिणत गरिन् नीतिले « Khabarhub

प्रेमलाई विवाहमा परिणत गरिन् नीतिले


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका तथा मोडल नीति शाहले विवाह गरेकी छन् । उनले शुक्रबार जिल्ला अदालत काठमाडौंमा यचित राणासँग कानुनी विवाह गरेकी हुन् ।

दुई वर्षभन्दा बढी समयदेखि नीति र यचित प्रेम सम्बन्धमा थिए । उनीहरुको प्रेमको गसिप गत वैशाखमा सार्वजनिक भएको हो । याचित पेसाले एरोस्पेस इन्जिनियर हुन् ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार उनीहरूलाई आजै ‘कोर्ट म्यारिज’को प्रमाण पत्र प्रदान गरिएको छ ।

नीतिले आफ्नो विवाह जानकारी सार्वजनिकरुपमा दिएकी छैनन् । खबरहबले विवाहबारे सोध्दा नीतिले जवाफ दिन इन्कार गरिन् ।

नीति ‘मिस नेपाल इन्टरनेशनल २०१७’ को विजेता हुन् । उनले गत वर्ष प्रदर्शनमा आएको ‘खजुरे ब्रो’बाट फिल्ममा डेब्यू गरेकी थिइन् । उनको अभिनय रहेको फिल्म ‘नरसिंहा : अभतार’ जेठ ९ मा प्रदर्शनमा आउँदैछ ।

नीति र उनका श्रीमान् याचित

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ३ : २० बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ