‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता संघीय सरकारका कारणले स्थगित भयो’ « Khabarhub

‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता संघीय सरकारका कारणले स्थगित भयो’


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित हुनुमा प्रदेश सरकारको कारणले नभई संघीय सरकारकै कारण भएको बताएका छन् । 

खेलकुद क्षेत्रसँग सम्बन्धित संघ र प्रशिक्षकहरूसँगको शुक्रबार भएको भेटघाट कार्यक्रममा मुख्यमन्त्री कँडेलले प्रतियोगिता स्थगित हुनुमा प्रदेश सरकारको कुनै संलग्नता नरहेको बताए । 

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ ३ गतेदेखि १० गतेसम्म कर्णालीमा आयोजना हुने तय भएको थियो । 

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको  पटक–पटक मिति सार्दासमेत आफूले खेल सुनिश्चित हुने गरी काम गर्न संघीय खेलकुद मन्त्रालयलाई सुझाव दिएको मुख्यमन्त्री कँडेलले बताए । 

‘प्रतियोगिता गर्ने भन्ने तर, प्रतियोगिताको लागि आवश्यक तयारीका सम्बन्धमा अलमल गर्ने खेलकुद मन्त्रालयको समस्या आफूले अनुभव छु,’ उनले भने,‘पछिल्लो समय प्रतियोगिताको लागि सुर्खेतमा सचिवालय स्थापना भए पनि देखिने गरी काम भएन ।’

खेलकुद प्रतियोगिता कर्णाली हुने भए पनि त्यसको मुख्य आयोजक संघीय सरकार भएकोले पूर्वाधारमा प्रदेशलाई सहयोग गरिएको आग्रहको समेत सुनुवाइ नभएको मुख्यमन्त्री कँडेलले जानकारी दिए । 

‘विगतमा अन्यत्र आयोजना गरिएका राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधारमा लागि करोडौँ खर्च गर्ने संघीय सरकारले कर्णाली प्रदेशमा निर्माण हुने पूर्वाधारमा पनि लगानी गर्नुपर्थ्यो,’ उनले भने,‘तर पूर्वाधारमा कुनै पनि लगानी भएन ।’ 

मुख्यमन्त्री कँडेलले प्रदेश दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न प्रदेश सरकारबाट कुनै कमी हुन नदिने पनि जानकारी दिए । ‘आयोजक केन्द्र भए पनि कर्णालीको भविष्यसँग जोडिएको प्रतियोगिता सम्पन्न गर्न  प्रदेश सरकारको तर्फबाट पुरै सहयोग र सहकार्य हुन्छ,’ उनले भने ।  

एक अर्को प्रसङ्गमा मुख्यमन्त्री कँडेलले प्रदेश रङ्गशालाको काम सकेर हस्तान्तरण भएको दिन भुक्तानीको लागि कुनै समस्या नहुने बताए । 

‘निर्माण कम्पनीले कति बेला १ प्रतिशत काम बाँकी छ भन्ने कति बेला सम्पन्न भयो भन्ने खालका कुरा गरिरहेको छ  तर रङ्गशाला हस्तान्तरण भएको छैन,’ उनले भने,‘काम सम्पन्न भएर हस्तान्तरण भयो भने बाँकी रकम दिन प्रदेश सरकार तयार छ । हामीलाई कुनै समस्या छैन । ’

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ४ : २१ बजे

अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर