शिक्षक आन्दोलन : १७ दिनदेखि मुख्य सडक ठप्प, भित्री बाटो र करिडोरमा चर्को जाम « Khabarhub

शिक्षक आन्दोलन : १७ दिनदेखि मुख्य सडक ठप्प, भित्री बाटो र करिडोरमा चर्को जाम


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको माइतीघर-बानेश्वर ६ लेनको मुख्य सडकखण्डमा शिक्षकहरूले थालेको आन्दोलन १७ पुगिसकेको छ । 

उनीहरूको आन्दोलनका कारण राजधानीको ट्राफिक व्यवस्थापन निरन्तर अस्तव्यस्त भइरहेको छ। आन्दोलनका क्रममा मुख्य सडक पूरै छेकिँदा सवारीसाधनहरू वैकल्पिक बाटोतर्फ मोडिन बाध्य छन् ।त्यसका कारण काठमाडौंका भित्री र करिडोर सडकमा चर्को जाम हुने गरेको छ । 

विकल्पका रुपमा सहरका भित्री सडकमा छिर्दा दैनिक २ घण्टासम्म जाममा फस्नुपरेको सर्वसाधारणहरू गुनासो गर्छन् । झन्डै तीन सातादेखिको जामबाट  आजित सर्वसाधारणहरू सरकार शिक्षक दुवैसँग रुष्ट देखिन्छन् । जामाका कारण अत्यावश्यकीय सेवाहरू एम्बुलेन्स, दमकल र सार्वजनिक यातायातसमेत रोकिनु परेको छ । 

काठमाडौंका स्थानीयबासी, विद्यार्थी, कर्मचारीसहित दैनिक हिँडिरहनुपर्नेले चर्को सास्ती भोग्नुपरेको गुनासो गर्दै आएका छन् । 

जाममा फसेका दीपक नेपालले भने, ‘आन्दोलन गर्नु सबैको अधिकार हो, तर सर्वसाधारणलाई यसरी हैरानी दिनु कहाँको न्याय हो ? सडकमा ६ मध्ये २ लेन खाली गर्दिए हुँदैन ? यस्तै हो भने भने सबै शिक्षकलाई बर्खास्त गरेर अस्थायी नियुक्त गरे हुन्छ ।’

जाममै भेटिएका भोजपुरका डम्बरबहादुर कार्की पनि शिक्षक आन्दोलनले आफ्नो व्यापारमै असर परेको गुनासो गर्छन् । सामान्य अवस्थामा ५ देखि १० मिनेटमा पार गरिने दूरीमा आन्दोलनकै कारण २ घण्टा अड्किनुपरेको उनले बताए । 

खबरहबसँग कुरा गर्दै उनले भने ‘यसरी दिनहुँ जाम हुँदा व्यापारमा पनि असर परेको छ । एक दिन होइन, दुई दिन होइन, तीन साता हुन लाग्यो । कतिसम्म र कहिलेसम्म सहने ?’

शुक्रबार आधा घण्टादेखि जाममा फसेकी प्रभा श्रेष्ठको गुनासो पनि त्यस्तै छ । भनिन्, ‘यो जाममा अड्किने समयमा आफ्नो काम सकेर घर फर्किने बेला हुन्थ्यो । समस्या नै समस्या छ । चर्को घाममा सडकमै टटिएर बस्नुपरेको छ ।’

जोरपाटीबाट बल्खु हिँडेका शिवबाम चौधरी पनि बुद्धनगरको गल्लीमा फसेको अवस्थामा भेटिए । सरकारले शिक्षकको माग सुनिदिए सर्वसाधारणले सास्ती भोगिरहनुनपर्ने उनको तर्क छ । 

नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरू निरन्तर सडकमा छन् । जसकारण विद्यालयको पठनपाठन रोकिएको  । कक्षा ११ र १२ को परीक्षासमेत प्रभावित हुँदैछ । उनीहरूको मागबारे  सरकारले पनि गम्भीर भएर सुनेको छैन । वार्ता नहुँदा सहमतिको बिन्दु पनि भेटिएको छैन । बरू शिक्षकहरू आन्दोलन लम्ब्याउन पालो गर्दै काठमाडौं आउने जाने गरिरहेका छन् । 

सरकारले आन्दोलनरत शिक्षकलाई विद्यालय फर्किन भने पनि उनीहरू भरोसा गर्न तयार छैनन् । आगामी वैशाखन १२ गते बस्ने संसद्को वर्षे अधिवेशनमा विधेयक पेश हुने ग्यारेन्टी नभएपछि शिक्षकहरू सडक छाड्न तयार नभएका हुन् ।

भिडियोमा पनि हेर्नुहोस् :

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ६ : ३२ बजे

मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ

काठमाडौं– ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको

खरिद कोटा कम हुँदा किसानलाई खाद्यमा धान बेच्न समस्या

कञ्चनपुर– सरकारले तोकेको न्यून कोटाका कारण किसानहरूले खाद्य व्यवस्था तथा

बुद्धशान्तिमा प्रदेश र पालिकाको साझेदारीमा शीतभण्डार

झापा– बुद्धशान्ति गाउँपालिकाले कृषिउपजको भण्डारणका लागि २० टन क्षमताको शीतभण्डार

गाजामा २१९ उपचार केन्द्र सञ्चालन, राहत तथा खोप अभियान द्रुतगतिमा

एजेन्सी– गाजामा हालैको अविरल वर्षा र जाडो मौसमलाई ध्यानमा राख्दै

तेम्बा बजारमा आगलागी : एक करोड १८ लाखभन्दा बढी क्षति

फुङ्लिङ– ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड १८