चितवनबाट फर्किए प्रधानमन्त्री, केहीबेरमा शिक्षकहरूसँग वार्ता « Khabarhub

चितवनबाट फर्किए प्रधानमन्त्री, केहीबेरमा शिक्षकहरूसँग वार्ता


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित १७ दिनदेखि काठमाडौंमा आन्दोलित शिक्षक महासंघका प्रतिनिधीहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ताका लागि बालुवाटारमा पुगेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार साँझ शिक्षक महासंघका प्रतिनिधिहरूलाई वार्ताका लागि बालुवाटारमा बोलाएका थिए ।

चितवनको कार्यक्रम सकेर प्रधानमन्त्री भर्खरै मात्र फर्किएका छन् । अब केहीबेरमा प्रधानमन्त्री र शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता हुँदैछ ।

महासंघका महासचिव तुलबहादुर थापाले शुक्रबार बेलुकी ७ बजे प्रधानमन्त्री ओलीले छलफलका लागि बोलाएको जानकारी दिएका थिए । उनका अनुसार महासंघका प्रतिनिधिहरू छलफलका लागि बालुवाटार पुगिसकेका छन् ।

महासचिव थापाले शिक्षा ऐन जारी नहुँदासम्म शिक्षकहरूको आन्दोलन जारी रहने पनि बताएका छन् । ‘यो आन्दोलन शिक्षा ऐन जारी नहुन्जेलसम्म चलाइरहन्छौँ,’ महासचिव थापाले भने ।

शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेबाट देशभरका शिक्षकहरू काठमाडौं उत्रिएर आन्दोलित छन् । उनीहरूले माइतीघर–नयाँ बानेश्वर सडकखण्डमा दिनुहँ प्रदर्शन गर्दा काठमाडौंको सवारी व्यवस्थापन अस्तव्यस्त हुने गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : ३७ बजे

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न

एचपीभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ– बागलुङका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक