कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत « Khabarhub

कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृति गरिएको छ । आज बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद्को बैठकले उक्त कार्यविधि स्वीकृत गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए ।

कार्यविधिअनुसार अब कृषि उद्योग, पर्यटनलाई प्राथमिकता दिएर योजना बन्ने शाहले जानकारी दिए। त्यसैगरी सङ्गठन संरचना अध्ययन गर्नका लागि उच्चस्तरीय समिति गठन गरिएको छ ।

लक्ष्मण अर्यालको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको छ । उक्त समितिले असार १५ गतेभित्र अध्ययन गरेर प्रतिवेदन बुझाउने जनाइएको छ ।

सामाजिक विकास मन्त्रालयको रिक्त सचिवमा अर्जुन गौतमलाई कामकाजका लागि खटाउने निर्णय गरिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको प्रादेशिक सडक सञ्जाल गुरुयोजना पास गरिएको समेत प्रवक्ता शाहले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १० : ३६ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका