आज २०८२ साल जेठ ४ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ ४ गते आइतबारको राशिफल


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ ४ गते आइतबार। जेठ कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ मे १८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। प्रष्ट गरी बोल्नुपर्ने समय छ। खर्च बढ्ने भएकाले सचेत बन्नुपर्नेछ। संकटमा आफन्तको साथ मिल्नेछ। निजी क्षेत्रको लगानी र व्यापारमा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी हुँदा मन शान्त बन्नेछ।

वृष : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। परीक्षाको पर्खाइमा भए नतिजा राम्रो प्राप्त हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंको बोलीकै कारण राम्रा काम बन्नेछन्। साथीसँगको भेटघाट र छलफलले मन शान्त बन्नेछ। विदेशको आकर्षण बढ्नेछ। लगानी गरेको भए फाइदासमेत हुनेछ।

कर्कट : मन शान्त बन्नेछ। खुशी मिल्ने दिन छ। लगानीको क्षेत्र विस्तार हुनेछ। तपाईंको काममा साथीको साथ मिल्नेछ। राज्यका तर्फबाट भने घाटा हुनेछ। राज्यको काम गर्दा ठगको फन्दामा पर्ने जोखिम छ।

सिंह : आफन्तसँग अविश्वास बढ्नेछ। साना कुराले मन अशान्त बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। दैनिक काम भने सामान्य ढंगले बन्नेछन्। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

कन्या : दिन राम्रो छ। भविष्यमा हुने खतराको सूचना पाउँदा मन शान्त बन्नेछ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम बढ्नेछ। शिक्षामा गरेको मिहिनेतले मन शान्त बन्नेछ। साथीभाइको साथ र सहयोग मिल्नेछ। राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ।

वृश्चिक : साथीसँग सहकार्य गरेर सुरु गरेको काम सफल बन्नेछ। साना कुराले मनमा छटपटी बढ्नेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। लगानी गर्न हिम्मत गर्नुपर्ने दिन छ। आफ्नो लक्ष्यमा अगाडि बढ्ने समय आएको छ।

धनु : दिन सहज छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुँदा मन हर्षित हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ।

मकर : दिन राम्रो छ। अनावश्यक खर्चबाट बच्ने दिन छ। शिक्षा र स्वास्थ्यले साथ दिनेछ। आफूले बनाएको योजना अनुसारको काम अगाडि बढाउनु उचित हुनेछ। आफन्तले भन्दा बाहिरका व्यक्तिले सहयोग गर्ने योग छ।

कुम्भ : अनावश्यक धन खर्च हुनेछ। फजुल खर्च कटौती गर्नुपर्नेछ। विपक्षी साथी शान्त रहेकाले काम गर्ने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा विरोधको स्वर सुन्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : आज मानसम्मान प्राप्त हुने दिन छ। फजुल खर्चबाट बच्नुपर्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। मनको कुरा खुलस्त ढंगले साथीसँग साटेमा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा हुनेछ।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ५ : ०३ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील