नौ जना बन्दी रिहा गर्न हमास तयार « Khabarhub

नौ जना बन्दी रिहा गर्न हमास तयार


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

इजरायल – शनिबार भएको वार्तापछि हमास केही बन्दीलाई रिहा गर्न तयार भएको छ। इजरायली सेनाले गाजामा आक्रमण सुरु गरेको केही समयपछि नै वार्ता सुरु भएको थियो।

प्यालेस्टाइनले दिएको जानकारी अनुसार हमास ६० दिनको युद्ध विराम र जेलमा रहेका केहीलाई छाड्ने बदलामा ९ जनाको रिहाइ गर्न तयार भएको हो ।

त्यसैगरी दैनिक चार सय ट्रक राहत त्यस स्थानमा जान दिने र घाइतेको उपचार लगायत विषयमा पनि छलफल हुनेछ। इजरायलले भने अहिले बन्दी भएका सम्पूर्णको विवरण माग गरेको छ। उनीहरू जीवित रहेको या नरहेको भन्ने जानकार पनि इजरायलले मागेको छ।

इजरायलले वार्ता आफ्नो प्राथमिकता भए पनि तत्कालका लागि सबै सेना फिर्ता हुने तथा युद्ध अन्त्य गर्ने सम्भावना कम रहेको जनाएको छ। इजरायली सेनाले शनिबार बिहान ‘अपरेसन गाइडियोन चारिटोस’ सुरु गरेको थियो। यो अपरेसनका कारण अहिलेसम्म तीन सय जनाको ज्यान गइसकेको छ।

१८ मार्चमा युद्ध विराम भङ्ग भएपछिको दुई महिनामा इजरायलले गरेको आक्रमणमा एक हजारको ज्यान गइसकेको छ। गएको १० सातादेखि इजरायलले राहत वितरणमा अवरोध गरेपछि त्यहाँको अवस्था अझ धेरै खराब भएको छ।

यो महिनाको सुरुमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा आक्रमण गरेर त्यहाँका प्यालेस्टाइनीलाई दक्षिणतर्फ लखेट्ने र हमासलाई पूर्ण रूपले नास गर्ने बताएका थिए। त्यहाँ बसोबास गर्नेले लगातार भएका आक्रमणले अवस्था त्रासदीय भएको बताउँदै राहत वितरणमा भएको अवरोधले २१ लाख कुपोषणको सिकार भएको जनाएका छन्।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ६ : ०८ बजे

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन