रुस-युक्रेन युद्ध अन्त्य गर्न ट्रम्प र पुटिन वार्ता निर्णायक बन्ने « Khabarhub

रुस-युक्रेन युद्ध अन्त्य गर्न ट्रम्प र पुटिन वार्ता निर्णायक बन्ने


४ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग युक्रेन युद्ध अन्त्यका लागि फोन वार्ता गर्ने बताएका छन्।

सामाजिक सञ्जालमा ट्रम्पले सुरुमा अमेरिकी राष्ट्रपतिसँग वार्ता गर्ने र त्यसपछि युक्रेनी नेतासँग वार्ता गर्ने बताएका छन्। दुवै देशका राष्ट्रपतिसँग वार्ता गरेपछि नाटोका नेतासँग वार्ता गर्ने ट्रम्पको योजना छ।

ट्रम्पले पुटिनको उपस्थिति भए आफू पनि इस्तानबुलमा भएको रुस र युक्रेनको वार्तामा सहभागी हुने बताएका थिए। सो वार्तामा रुसी राष्ट्रपति उपस्थित भएनन्। पुटिन र ट्रम्पको दुई जनाको वार्ताले मात्र युक्रेन युद्ध अन्त्यको सम्भावना भएको केही घण्टा पछि ट्रम्पले यो वार्ताको प्रस्ताव राखेका हुन्।

क्रेमलिनका प्रवक्ता डिमिट्रि पेस्कोभले सोमबार पुटिन र ट्रम्प बिच हुने फोन वार्ताका लागि तयारी भइरहेको बताएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा यो वार्ताले युद्ध अन्त्य हुने विश्वास समेत व्यक्त गरेका छन्। यी दुई देशका नेताले युद्ध विरामका साथै दुई देशको सम्मेलनको समेत प्रस्ताव गर्न सक्ने छन्।

रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की ।

शनिबार अमेरिकी विदेशमन्त्री मार्क रुबियो र उनका रुसी समकक्षी सजी लेबरेभबीच वार्ता भएको थियो। सो वार्तापछि लेबरेभले रुसले पनि अमेरिकी प्रयासलाई सकारात्मक रूपमा लिएको बताएका थिए।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  ६ : ४० बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष