नदी कटान रोकथाम गर्न ‘कम्पोजिट’ पर्खाल निर्माण | Khabarhub Khabarhub

नदी कटान रोकथाम गर्न ‘कम्पोजिट’ पर्खाल निर्माण


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ ।

चालु आर्थिक वर्ष २०८१–०८२ मा सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरकफरक ठाउँमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले पक्की पर्खाल निर्माण गरेका हुन् ।

गत फागुनदेखि सुरु भएको दुईवटै योजना बर्खा सुरु हुनुअघि नै सम्पन्न भएको तातोपानीका बासिन्दा दिनेश केसीले बताए । एक करोड ५५ लाखमा ठेक्का सम्झौता गरेको साहाना–बिआरटी जेभी पर्वतले सरस्वती माविमुनि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरेको छ । यो योजनाका लागि दुई करोड ७० लाख लागत अनुमान गरिएको थियो ।

म्याग्दी नदीको किनारमा कटान नियन्त्रणका लागि ६६ मिटर लामो, चार मिटर चौडाइ भएको तीनतीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याविन पर्खाल निर्माण भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर नरजङ गुरुङले बताए ।

जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले विनियोजन गरेको ५० लाख बजेटबाट ठेक्का पाएको कम्पनी शान्ति निर्माण सेवाले उपल्लो तातोपानी बजारको पछाडि पक्की पर्खाल निर्माण गरेको छ ।

यो ठेक्कामार्फत ४० मिटर लामो पलम, सेयर र ग्यावियन पर्खाल निर्माण भएको कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले बताए ।

२०७८ सालमा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुईवटा घर भत्किएका थिए । फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन् । करिब एक सय घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ ।

यसअघि ग्यावियन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिँदै आएकामा यसपालिदेखि पक्की पर्खाल निर्माण गर्न थालिएको वडाध्यक्ष अणबहादुर खड्काले बताए । प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा तातोपानी र बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि चालु आवमा बहुवर्षीय स्रोत सुनिश्चित भएको १० करोड बजेटको योजना कार्यान्वयनका लागि पनि ठेक्का प्रक्रियामा छ ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर गुरुङका अनुसार तातोपानीमा एक सय दुई मिटर र बेनीको दरवाङ बजार पछाडि एक सय ६५ मिटर कम्पोजिट पर्खाल निर्माण गर्न लागिएको हो । (रासस)

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ८ : १० बजे

कान फोहोर भयो, यी हुन् सफा गर्ने तरिका

काठमाडौं– हामी मध्ये धेरैले बिना सोचेरै कपास बड वा धारिलो वस्तुले

वायुप्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्नेमा जोड

काठमाडौं– वन तथा वातावरण राज्यमन्त्री रुपा विकले तीव्र सहरीकरण र

ब्रह्माण्डको अन्त्यका बारेमा वैज्ञानिकले गरे चकित पार्ने खुलासा

काठमाडौं– हाम्रो ब्रह्माण्ड एक दिन समाप्त हुनेछ भनेर विज्ञानले पहिलेदेखि नै

ज्ञानेन्द्र शाहीको आरोप- सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई जेल हालियो

काठमाडौं– राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले संविधान विपरीतको काम

बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत

बागमती–  बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१–८२ को दश