सभामुख घिमिरेद्वारा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ उद्घाटन « Khabarhub

सभामुख घिमिरेद्वारा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ उद्घाटन


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– सभामुख देवराज घिमिरेले समाज, राष्ट्र, आफैँ र आफ्नै घरपरिवारप्रति जिम्मेवार बोध गर्ने असल नागरिक निर्माणको आवश्यकता औँल्याएका छन् ।

भक्तपुरको गठ्ठाघरमा सनातन पितृमुक्ति समाजले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्  । 

सभामुख घिमिरेले समाजमा हुने धार्मिक कार्यले नै संस्कृति र परम्पराको महत्त्व दर्साउँदै समाजलाई सुव्यवस्थित एवं सरल ढङ्गले अघि बढाउन टेवा पुर्‍याउने चर्चा गरे । 

‘हाम्रै पूर्वीय दर्शनमा आधारित रहेर नै पश्चिमा दर्शन बनेको हो । त्यसैमा टेकेर उनीहरूले विज्ञानलाई प्रयोग गर्दै चमत्कार गरिरहेका छन् । नयाँ पुस्ता यही प्रगति र चमत्कार देखेर पश्चिमा दर्शनप्रति बढी आकर्षित भएका छन् तर त्यसको जग पूर्वीय दर्शन र संस्कृति नै हो भनेर बुझ्न आवश्यक छ’, उनले भने । हाल अमेरिकामा समेत वेदको अध्ययन र अनुसन्धान हुन थाल्नु त्यसैको थप प्रमाण भएको उनको भनाइ थियो । 

सभामुख घिमिरेले समाजले यसअघि निर्माण गरेको पितृमुक्ति समाज र अग्रज ज्येष्ठ नागरिक भवनको उद्घाटन गरे । समाजका अध्यक्ष खेमप्रसाद सुवेदीले पितृमुक्तिका लागि १३ दिनसम्म क्रियाकर्म गर्न किरियापुत्रीसहितको सामुदायिक बहुउद्देश्यीय भवनका केही काम बाँकी रहेकाले त्यसलाई पूर्णता दिन रुकम सङ्कलन गर्ने उद्देश्यले महायज्ञ सुरु गरिएको बताए । 

महायज्ञ प्रचार समितिका संयोजक एवं समाजका महासचिव नारायणप्रसाद न्यौपानेले समाजले विसं २०६९ को पुराणबाट सङ्कलित रकमबाट निर्माण सुरु गरेको सामुदायिक भवन निर्माण कार्य पूरा गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताए । महायज्ञ १० गते सम्पन्न हुने र यस अवधिभर वाचिका राधिका दासीबाट कथा प्रवचन हुने बताए ।

उनले भने, ‘यहाँको अधुरो भवन पूरा गर्ने उद्देश्यले महायज्ञबाट दुई करोड रुपैयाँ रकम सङ्कलन गर्ने लक्ष्य लिएका छौँ । सङ्कलित रकमबाट बहुउद्देश्यीय भवन निर्माण पूरा गरी पुस्तकालय स्थापना तथा अक्षयकोष निर्माण गर्ने लक्ष्य छ ।’

पाँच आना दुई पैसा क्षेत्रफल रहेको जग्गामा तीनतले भवन निर्माण भइसकेको जानकारी दिँदै समाजका उपाध्यक्ष सीता अधिकारीले शौचालय, ढिकोरो उठाउने ठाउँ निर्माणलगायत विभिन्न संरचना निर्माणमा एक करोड ६३ लाख रुपैयाँ खर्च भई १६ लाख रुपैयाँ ऋण अझै रहेको बताए । –रासस

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ६ : ५५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि