सुदूरपश्चिमका नवनियुक्त वनमन्त्री चौधरीले लिए शपथ « Khabarhub

सुदूरपश्चिमका नवनियुक्त वनमन्त्री चौधरीले लिए शपथ


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले शपथ ग्रहण गरेका छन् । चौधरीले प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

तत्कालीन मन्त्री लक्ष्मणकिशोर चौधरीको विवादित अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए । नाउपाले उनको ठाउँमा रामेश्वरलाई पठाएको हो । 

चौधरी यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीका रूपमासमेत काम गरेका सांसद हुन् । सरकार फेरिएपछि पद गुमाएका थिए ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन खोजेकी थिइन् तर अध्यक्षको निर्देशन विपरीत प्रदेश संसदीय दलले रामेश्वरलाई सरकारमा पठाएको हो ।

यो पनि पढ्नुहोस् :

नाउपामा निरीह बन्दै रञ्जिता, रेशमको बलमा रामेश्वर बने प्रदेशका वनमन्त्री

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ७ : १४ बजे

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन