सुदूरपश्चिमका नवनियुक्त वनमन्त्री चौधरीले लिए शपथ | Khabarhub Khabarhub

सुदूरपश्चिमका नवनियुक्त वनमन्त्री चौधरीले लिए शपथ


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले शपथ ग्रहण गरेका छन् । चौधरीले प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

तत्कालीन मन्त्री लक्ष्मणकिशोर चौधरीको विवादित अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए । नाउपाले उनको ठाउँमा रामेश्वरलाई पठाएको हो । 

चौधरी यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीका रूपमासमेत काम गरेका सांसद हुन् । सरकार फेरिएपछि पद गुमाएका थिए ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन खोजेकी थिइन् तर अध्यक्षको निर्देशन विपरीत प्रदेश संसदीय दलले रामेश्वरलाई सरकारमा पठाएको हो ।

यो पनि पढ्नुहोस् :

नाउपामा निरीह बन्दै रञ्जिता, रेशमको बलमा रामेश्वर बने प्रदेशका वनमन्त्री

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ७ : १४ बजे

इजरायली आक्रमणपछि आणविक वार्ता अर्थहीन : इरान

काठमाडौं– इजरायली आक्रमणपछि इरानले आणविक वार्ताको औचित्य सकिएको बताएको छ

गगन थापाको नयाँ प्रस्ताव- क्रियाशील सदस्यबाट सभापति चुनाैँ

 काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा देखिँदै आएको गुटबन्दी

ऊर्जा उद्यमी र राज्यबीच खटपट : कमीसन मागेको आरोपदेखि ‘टेक एण्ड पे’ सम्म !

काठमाडौँ – गएको मङ्सिरयता अर्थ मन्त्रालय, पुँजीबजार नियामक नेपाल धितोपत्र

असार १५ सम्म शिक्षा ऐन पारित गर्ने सरकारको तयारी

 काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेसम्म

इजरायलविरुद्ध तत्काल कदम चाल्न संयुक्त राष्ट्रसंघलाई इरानको आह्वान

एजेन्सी– इरानी विदेश मन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टानियो