कोशी प्रदेशसभा : प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस | Khabarhub Khabarhub

कोशी प्रदेशसभा : प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा आज ‘कोशी प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ सभामा पेस गरिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले उक्त अध्यादेश प्रस्ताव गर्दै सदन सञ्चालनमा नरहेको अवस्थामा नचलेको अवस्थामा सरकारले अत्यावश्यक कामकाज गर्न आठ वटा अध्यादेश ल्याएको जानकारी दिए ।

उनले जनताको चाहना र आवश्यकतालाई परिपूर्ति गर्न एवं प्रदेश सरकारले सम्पन्न गरेको लगानी सम्मेलनसँग सम्बन्धित कानुनलाई संशोधन नगरी नहुने अवस्थामा बाध्य भएर अध्यादेशबाट विधेयक ल्याएको बताए ।

“उद्योग, व्यापारमा देखिएका कठिनाइ र लगानी सम्मेलनमा लगानीकर्तालाई आकर्षित गराउन अध्यादेशबाट आएका विधेयकले लगानी सम्मेलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दियो”, मन्त्री भण्डारीले भने ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका उपनेता तिलकुमार मेङ्याङ्बो लिम्बूले सरकार सीमित साधनस्रोतको उच्चतम उपयोग गरी जनताको चाहना र आवश्यकतालाई पूरा गर्न इमान्दार भएर लाग्ने विश्वास व्यक्त गरे ।

उनले जनताले सरकारसँग निकै आशा र अपेक्षा गरेकाले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्नेगरी चालु अधिवेशन सफलताको शुभकामना व्यक्त गरे ।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले अर्थतन्त्र बलियो भए मात्र देशलाई विकास र समृद्धिमा लैजान सकिने भन्दै लगानी सम्मेलनले कोशी प्रदेश सरकारलाई ठूलो सफलता मिलेको बताए ।

उनले उद्योग र व्यापारलाई फस्टाउन तथा निजी क्षेत्रलाई लगानीका लागि प्रेरित गर्न आवश्यक पर्ने सबै कानुन संशोधन गर्न सरकारलाई सुझाव दिए । यस्तै, किसानलाई आवश्यक पर्ने रासायनिक मल समयमै उपलब्ध गराउन माग गरे।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राष्ट्रिय प्रजतान्त्र पार्टी संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला लिम्बूले चालु अधिवेशनको सफलताको शुभकामना दिँदै सरकारले सबैको गरिमा राख्ने गरी बजेट बनाउनुपर्नेमा जोड दिए ।

कोशी प्रदेशसभाको अर्को बैठक सोमबार दिउँसो ३ बजे बस्ने उपसभामुख सिर्जना दनुवारले जानकारी दिए ।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ८ : ५१ बजे

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले

बेनी–दरवाङ सडक खुल्यो

म्याग्दी – धवलागिरी, मालिका र मङ्गला गाउँपालिकालाई म्याग्दीको सदरमुकाम बेनीसँग

सैन्य उपकरण उत्पादनमा सहकार्य गर्नेबारे भारत र साउदी अरबबीच छलफल

काठमाडौं– रक्षा तथा रणनीतिक साझेदारी बढ्दै गइरहेका बेला भारत र

काठमाडौँ महानगरबाट २०४ जनालाई लक्षित वर्ग निःशुल्क उपचार

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको लक्षित वर्ग निःशुल्क उपचारबाट