भारतबाट हालसम्मकै सस्तोमा विद्युत् आयात गरिएको प्राधिकरणको दाबी | Khabarhub Khabarhub

भारतबाट हालसम्मकै सस्तोमा विद्युत् आयात गरिएको प्राधिकरणको दाबी


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – नेपाल विद्युत् प्राधिकरणले भारतबाट हालसम्मकै सस्तो मूल्यमा विद्युत् आयात गर्न सफल भएको दाबी गरेको छ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार जेठ ११ गते भारतको ऊर्जा विनिमय बजार (आईआईईएक्स) को रियल टाइम बजारबाट दिउँसोको समयमा प्रतियुनिट १.१५ रुपैयाँमा बिजुली खरिद गरिएको हो।

उनका अनुसार सो दिन भारतमा विद्युत् माग कम हुनुका साथै सौर्य ऊर्जाबाट उत्पादन वृद्धि हुँदा सस्तो मूल्यमा बिजुली खरीद गर्न सम्भव भएको हो। प्राधिकरणले उक्त अवसरको सदुपयोग गर्दै ३ हजार ८४० मेगावाट घण्टा बिजुली आयात गरेको जनाएको छ।

त्यसैदिन साँझ प्राधिकरणले ५२७.५ मेगावाट घण्टा विद्युत् भारतलाई भारतीय रुपैयाँ ६.६० (नेपाली रुपैयाँ १०.५६) प्रतियुनिट दरमा निर्यात गरेको ढकालले जानकारी दिए।

प्राधिकरणका अनुसार जेठ ३ देखि १० गतेसम्म नेपालले भारतबाट २७,६४५.९४७ मेगावाट घण्टा बिजुली औसत ३.३७ रुपैयाँ प्रतियुनिट दरमा आयात गरेको छ। सोही अवधिमा नेपालले भारतलाई ८ हजार ४१७.५२५ मेगावाट घण्टा विद्युत् औसत ५.५ रुपैयाँ प्रतियुनिटमा निर्यात गरेको बताइएको छ।

यसरी नेपालले औसत ३.३७ रुपैयाँमा बिजुली किन्दै ५.१५ रुपैयाँमा भारतलाई बेचिरहेको प्राधिकरणको दाबी छ।

प्राधिकरणका अनुसार, वर्षा सुरु भएसँगै जलाशयमा पानीको बहाव बढेको र त्यसले उत्पादन वृद्धि गरी पिक आवरमा विद्युत् निर्यात गर्न सहज भएको हो।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ८ : १३ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय