नायक मुकुल देवको मृत्युबारे दाइको खुलासा : एक्लोपन र खानपिनले अवस्था जटिल भयो | Khabarhub Khabarhub

नायक मुकुल देवको मृत्युबारे दाइको खुलासा : एक्लोपन र खानपिनले अवस्था जटिल भयो


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत महिना भारतीय नायक मुकुल देवको ५४ वर्षको उमेरमा निधन भएको थियो । उनको मृत्युको कारण परिवारले गोप्य राखेको थियो ।

मुकुलका दाइ राहुल देव बलिउडका चर्चित खलनायक हुन् । मिडियाले उनलाई भाइको कारणबारे सोध्दा पनि चुप बसे ।

परिवार चुप बसेपछि उनको मृत्युबारे विभिन्न अड्कलबाजी सार्वजनिक हुन थाले । उनको मृत्युको कारण डिप्रेसन हुनसक्ने धेरैको अनुमान थियो ।

घटना भएको एक महिना नबित्दै राहुतले टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा भाइको मृत्युको कारणबारे बोलेका छन् ।

राहुलका अनुसार मुकुल सन् २०१९ देखि दिल्लीमा आफ्ना बिरामी आमाबुबाको हेरचाह गर्दै बसिरहेका थिए। सोहीबेलादेखि उनी सामाजिक जीवनबाट दूरी बढाउन लागे र समयमै खाना नखाने बानी बढेको थियो ।

यही दुई उनको मृत्युको प्रमुख कारण रहेको उनको दाबी छ । मानसिक थकानले मुकुलले आफ्नो स्वास्थ्यको ख्याल राख्न छोडेपछि यो अवस्था सिर्जानले भएको राहुलको बुझाइ छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : २८ बजे

कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा

मोरङ – कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना

संविधान संशोधनका लागि कांग्रेस र एमालेलाई प्रचण्डको भरोसा !

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई मुख्य एजेन्डा

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, घुस प्रकरणमा पनि कुरा हुने

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

दमौली– मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक