आज दिगो ‘ग्याट्रोनोमी’ दिवस मनाइँदै « Khabarhub

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस मनाइँदै


४ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ । ग्यास्ट्रोनोमी भन्नाले खाना पकाउने कला वा कुनै क्षेत्र विशेषको परिकार संस्कृतिलाई जनाउने भए पनि, दिगो ग्यास्ट्रोनोमी भनेको खाना तयार पार्दा प्रयोग हुने कच्चा पदार्थ कहाँबाट आएको हो, कसरी उत्पादन गरिएको हो, बजारसम्म कसरी आइपुग्छ भन्ने विषयलाई पनि ध्यानमा राख्ने प्रक्रिया हो ।

संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २०१६ मा जुन १८ लाई अनतर्राष्ट्रिय दिगो ग्यास्ट्रोनोमी दिवस घोषणा गरेको हो । यस दिवसको मुख्य उद्देश्य स्थानीय उत्पादन, मौसमी सामग्री र सांस्कृतिक खानपान परम्परालाई संरक्षण गर्नुका साथै वातावरणमैत्री र दीगो कृषि तथा खाद्य प्रणालीको प्रवर्द्धन गर्नु हो ।

संयुक्त राष्ट्रसङ्घका शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० र खाद्य तथा कृषि सङ्गठनले विश्वभर यो दिवसलाई मनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

युनेस्कोले ५६ वटा सहरलाई ‘क्रियटिभ सिटिज अफ ग्यास्ट्रोनोमी’ घोषणा गरिसकेको छ, जसले स्थानीय खाना संस्कृतिको प्रवर्द्धनमा योगदान पु¥याइरहेका छन् ।

कोरोना महामारीपछि तथा हाल पृथ्वीले जलवायु सङ्कट, जैविक विविधता नाश र प्रदूषण जस्ता चुनौतीहरूको सामना गरिरहेको अवस्थामा, दिगो ग्यास्ट्रोनोमीको महत्व अझ गहिरो भएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ७ : १३ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना